आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दलित र गैरदलित जोडीबीच यसरी भयो विधिवत विवाह

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • गुल्मी   । यहाँका एक दलित र गैरदलित जोडीबीच भब्यरुपमा विवाह भएको छ । रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार र पाल्पाकी सिर्जना श्रेष्ठबीच सामाजिक संस्कारअनुसार विधिबत ढंगले भव्यरुपमा विवाह भएको हो ।
    सुरुमा पे्रम सम्बन्धपछि उनीहरुले भागि विवाह गरेपनि अरु अन्तरजातीय विवाह गर्ने जोडीले जस्तो उनीहरु वहिस्कृत हुन परेन् । उल्टै परिवारले नै धुमधामसँग विवाह गरिदिएका हुन् ।

    सदरमुकाम तम्घासबाट जन्ती लिएर गएका गएका सुनारलाई स्वागत गर्न आतुर थिए, पाल्पाको अर्गेलीका श्रेष्ठ परिवारहरु ।
    सुरुमा भागी विवाह गरेका उनीहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार गरेर विधिवत विवाहको प्रस्ताव राखेका थिए । यतिमात्र नभई श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन ।आफन्तजनबाट पानी बाराबारको तृच्छ बचन सुन्न परेन । सबै एक मत थिए । त्यसैले त उक्त विवाह जिल्लाकै नमुना विवाह बन्न पुग्यो ।

    दशैंको मुखैमा भएको उक्त विवाहको  रोचक त के थियो  दलित समुदायका जन्तीहरुलाई  स्वागत गर्न  श्रेष्ठ परिवार रिडीको पुलसम्म पुगेका थिए ।
    जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनीहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो । श्रेष्ठ परिवारका सवै सदस्य र उनीहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ बेहुली अन्माएर पठाएका थिए ।
    अहिले कतिपय दलित परिवारका विवाह भोज भतेरहरु दुई वटा बनाएर आफैले विभेदलाई संस्थागत गर्न खोजिरहेका वेला श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

    जिल्लामा सम्भवत यस्तो विवाह पहिलो पटक भएको हो । वेहुलाका भिनाजुको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले त्विवाहलाई अहिले सम्मकै उदाहरणीय विवाहको संज्ञा दिए । रिडी नै घर भएका विवाहमा सरिक नेकपा एमालेका अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए ।
    सुनार परिवार तम्घासका पुर्ख्यौलीदेखि खानदानी परिवार मानिन्छन् । उनीहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसायी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij