प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले चिकित्सा उपकरणको गुणस्तरीयता नियमन गर्न निर्देशिका ल्याउने भएको छ ।
उनले उपचारमा प्रयोग भइरहेका उपकरणको गुण्स्तरको नियमन नहुँदा गुणस्तरीय उपचार हुन नसकिरहेको भन्ने गुनासा आउन थालेपछि यससम्बन्धी निर्देशिका बनाइ अगाडि बढाउन लागिएको बताएा ।
‘‘औषधि बाहेकका अन्य चिकित्सा उपकरण जस्तै सिरिन्ज, किटहरु, एक्स रे मेसिन, सि टि स्क्यान मेसिन, एमआरआई मेसिनलगायतका उपकरणको गुणस्तरीता नियमन गरी उपचारमा थप उत्कृष्ठता ल्याउन निर्देशिकाले सहयोग पुग्नेछ’’ महानिर्देशक ढकालले भने ।
यसअघि पनि २०७१ सालमा विभागले महानिर्देशक ढकालकै नेतृत्वमा निर्देशिका बनाएको थियो । तर त्यसमा विभिन्न कुराहरु नसमेटिएका कारण जारी हुन सकेका थिएन ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले पहिलेको मस्यौदालाई नै सशोधन गरी ल्याउन निर्देशन दिएपछि सुशासन ऐनमार्फत जारी गर्न लागिएको हो ।
नियमनका लागि आवश्यक जनशक्ति विभागसँग नभएकोले त्यसका लागि थप जनशक्ति, बजेटलगायतको व्यवस्था गर्न पनि मस्यौदामा उल्लेख गरिएको महानिर्देशक ढकालले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij