आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सभापति देउवा १९ गते दिल्ली भ्रमण

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौं । संसदको ठूलो दल नेपाली काग्रेंसले महाभियोग सम्बन्धिको प्रस्तावमा छलफल गरिरहँदा उता पार्टी सभापति शेर बहादुर देउवाको भने दिल्ली भ्रमणको टुङगो लागिसक्यो ।
    पार्टीभित्र लोकमान महाभियोग प्रस्तावमा अन्योल सिर्जना भैंरहदा सभापति देउवा भने भारतको गोवामा इण्डिया फाउण्डेशनले आयोजना गर्न लागेको अन्तराष्ट्रिय सेमिनारमा भाग लिन १९ गते दिल्ली जाने भएका छन् । गोवामा १९ र २० गरी दुई दिनसम्म सम्मेलन चल्नेछ ।
    यता, भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल भ्रमणमा आउने भएका छन् । मुखर्जी फर्किएकै दिन देउवा पनि दिल्ली जान लागेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले तिहार र छठपछि संविधान संशोधनको प्रस्ताव संसदमा आउने बताएलगत्तै देउवाको दिल्ली भ्रमण भएको हो । लोकमान प्रकरणमा समेत देउवा फर्किएपछिमात्रै कांग्रेसले आफ्नो धारणा तय गर्ने भएको छ ।
    कांग्रेस सभापति शेरबहादुर देउवाले गोवामा आयोजना हुने सेमिनारमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने स्वकीय सचिव भानु देउवाले जानकारी गराएका छन् ।

    तर अहिलेसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेताहरुसँग भेट गर्नेबारे निर्णय गरिनसकेको सचिव देउवाले बताए । कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले तत्काल केन्द्रीय कार्य समितिले महाअभियोगको पक्ष वा विपक्षमा रहने निर्णय लिने सम्भावना नरहेको बताएका छन् ।

    भारतीय उच्च नेतृत्वको चाहनामा देउवाको भ्रमण हुन लागेको स्रोतले जनाएको छ । संविधान संशोधनमा चासो दिएको भारतले यहि समयमा देउवाले गोवा सम्मेलनमा भाग लिन जानु रहस्यमय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij