आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

  • प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०८३



  • जिल्ला डोल्पा स्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा जिल्ला जाजरकोट, बारेकोट गाउँपालिका–१ घर भएका वर्ष २५ का यज्ञ वि.क. (१२ वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी) र जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका वर्ष २८ का धनबहादुर भन्ने हरिबहादुर बुढा (१२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी) रहेका छन । आज खोजतलास गर्ने क्रममा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका ४ रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरिएको हो ।

    पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परेका छन् भने बाँकी फरार रहेका दुई जना थुनुवाको खोजतलास जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij