बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०८३



  • काठमाडौँ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले बिहीबार धरौटीमा छाड्न आदेश दिएपछि उनी रकम बुझाएर रिहा भएका हुन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपमशमशेर जबराका अनुसार अदालतको आदेशबमोजिम धरौटी बुझाएपछि अग्रवाल रिहा भएका हुन्।

    सीआईबीले अग्रवाललाई बुधबार उनकै निवासबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। बुधबार थुनछेक बहस पूरा हुन नसकेपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो।

    बिहीबार बाँकी थुनछेक प्रक्रिया पूरा भएपछि जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

    आदेशलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर अग्रवाल रिहा भएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij