बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०८३



  • काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीबार ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावित व्यवस्थाप्रति आपत्ति जनाएका हुन्।

    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरीत हुने भन्दै उनले न्यायाधीशको भूमिका विवादमा पक्ष बन्ने वा सत्य खोज्ने खेलाडी नभई कानुन, प्रमाण र तथ्यका आधारमा निष्पक्ष निर्णय गर्ने ‘रेफ्री’को मात्र भएको स्पष्ट पारे। “न्यायाधीशलाई न्यायिक कामबाहेक अरू काममा लगाउन मिल्दैन। रेफ्रीलाई प्लेयर बनाउने काम गरिनु हुँदैन,” उनले भने।

    अध्यक्ष मिश्रले मेलमिलापको दायरा भने विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। १ देखि २ वर्षसम्म कैद हुन सक्ने सामान्य प्रकृतिका फौजदारी मुद्दालाई पनि मेलमिलापको प्रक्रियामा ल्याउन सकिए अदालत र सरकारमाथिको मुद्दाको चाप घट्ने उनले सुझाव दिए। यसका साथै, प्रदेश मेलमिलाप समन्वय समितिमा उच्च अदालत बारका सचिवलाई समावेश गर्नुपर्ने, वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समितिमा बारको प्रतिनिधित्व हुनुपर्ने र मेलमिलापबाट टुङ्गिएका मुद्दाको अदालती शुल्कको निश्चित हिस्सा कोषमा राख्ने व्यवस्था विधेयकमै हुनुपर्ने माग उनले राखेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij