सोमवार, अशोज १९, २०८३ | Monday 5th October 2026

सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा

  • प्रकाशित मिति : आइतवार, अशोज १८, २०८३



  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नेतृत्वमा रहेको सरकारले पछिल्लो छ महिनामा गरिरहेको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । यद्यपि, आगामी दिनमा सरकारको कामको गति थप तीव्र बनाउनुपर्ने पार्टीको ठहर छ ।

    पार्टी केन्द्रीय समितिको बैठकले सरकारको कामको समीक्षा गर्दै नियत सफा राखेर काम गरिरहेको र सुशासनको आधारशिला निर्माण गर्ने दिशामा सरकार अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

    रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सरकारको कामप्रति पार्टी सकारात्मक रहे पनि आगामी दिनमा परिणाम देखिने गरी कामको गति बढाउनुपर्नेमा बैठक एकमत भएको छ ।

    ‘सरकारले एकदमै राम्रोसँग काम गरिरहेको छ, नियत सफा राखेर काम गरिरहेको छ र सुशासनको आधारशिला बनाएको छ भन्ने कुरामा पार्टी सहमत छ,’ उनले भने, ‘तर यसको गतिलाई अझै बढाउनुपर्छ र त्यो गति बढाउने कुरामा पार्टीको तर्फबाट पनि सरकारलाई सहयोग गर्नुपर्छ भन्नेमा केन्द्रीय समिति एकमत छ ।’

    सरकारले आगामी छ महिनामा कामको गति थप तीव्र बनाउन सक्ने भन्दै त्यसका लागि पार्टी पंक्तिले पूर्ण सहयोग गर्नुपर्ने निर्देशन सभापति रवि लामिछानेबाट समेत आएको खरेलले बताए ।

    रास्वपाले संगठन विस्तार तथा जनतासँगको पहुँच थप सुदृढ गर्न असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

    अभियानअन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । जिम्मेवारी पाएका नेताहरू सम्बन्धित जिल्लामा पुगेर अभियानका कार्यक्रमको नेतृत्व गर्नेछन् ।

    पार्टीले अभियानमार्फत स्थानीय तहसम्म संगठन विस्तारसँगै जनताका सुझाव तथा गुनासा संकलन गर्ने तयारी गरेको छ ।

    रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ ।

    सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको हो ।

    समितिका सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी रहेका छन् ।

    समितिमा सातै प्रदेशका सभापतिलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ । समितिमा अन्य केही सदस्य भने मनोनयन हुन बाँकी रहेको प्रवक्ता खरेलले जानकारी दिए ।

    रास्वपाले सरकारको काममा सहयोग गर्ने, संगठन विस्तारलाई तीव्रता दिने र आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी अघि बढाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij