प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
साउन १३ सल्यान
सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको संख्यामा वृद्धि भएको छ । वर्षा शुरु भए पछि भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्ने लगायतका समस्या भएका बिरामीहरुको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ । बिरामीको संख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका बिभिन्न स्वास्थ्य संस्थाहरुमा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानकी प्रमुख डा. मनिषा रावलले जानकारी दिनु भयो । “सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, उहाँले भन्नु भयो “अहिले दिनहुँ ८० देखि १०० जनासम्म बिरामी जाँचका लागि आउँछन् ।” बिरामीको संख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको छ । उहाँले अस्पतालमा १५ शैयाको मात्र क्षमता भएको भए पनि बिरामी बढेकाले ३२ वटा शैया थप गरेर उपचारको व्यवस्था मिलाएको जानकारी दिनुभयो । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij