शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बर्दियामा पाँच स्थानिय संरचना मान्य नहुने

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • बर्दिया । गाँउपालिका,नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले बर्दिया जिल्लाको स्थानिय संरचनालाई पााचवटा मात्र गर्नै निर्णैय प्रती नेपालि कााग्रेस बर्दियाले आपत्ति जनाएको छ ।

     

    अयोगले गरेको अवैज्ञानिक निर्णयलाई पुर्नरविचार समेत गर्न माग गरेको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती बर्दियाका सचिव मक्कुराम थारुले विहीवार पत्रकार सममेलन गरी नेपालि कााग्रेस बर्दिया यस्तो निर्णयको बिरोधमा रहेको जानकारी गराएका हुन् ।

     

    बर्दिया जिल्लाको कुल जनसंख्या ४ लाख २६ हजार ५सय ७६ रहेको र यस जिल्ला भौगोलिक बिकटताका कारण समेत ५ वटा मात्र स्थानिय तहले जनताको काम सहज हुन नसक्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

     

    आयोगको यस्तो निर्णयले बिकाशमा महत्तवपूर्ण भुमिका खेल्दैआएका बाासगढी,सानोश्री,बवई,राजापुर तथा सदरमुकाम स्थित रहेको गुलरिया नगरपालिकाको स्थानिय बिकाशमा बाधा पुऱ्याउने वताईएको छ ।

     

    जनसंख्यामा कंचनपुर भन्दा बर्दिया २४ हजारलेमात्र कमहुादा कंचनपुरलाई ८ वटा संरचनामा बिभाजन गरेका कारण पनि आयोगले बर्दिया
    जिल्लालाई विभेद गरेको नेपाली कााग्रेस जिल्ला कार्यसमिती बर्दियाका केन्द्रिय प्रतिनिधी बिद्या प्रसाद खनालले वताए ।

    भौगोलिक रुपमा तीन भागमा बिभाजित रहेको जिल्लालाई कुनैहालतमा पनि ५ वटा स्थानिय संरचना मान्य नहुने खनालले वताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij