शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

ऐतिहासिक पधेरा, नौला लोप हुँदै

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • डडेल्धुरा, १४ साउन । केही वर्ष अगाडिसम्म चलनचल्तीमा रहेका कलात्मक धार्मिक पधेरा लोप भएका छन् । हिन्दू संस्कृति र परम्परा बोकेका ऐतिहासिक पधेरा तथा नौला सरक्षंण र संवद्र्धनका अभावमा लोप भएको स्थानीयबासी बताउँछन् । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ बस्तीमा आधुनिक खानेपानीका धारा निर्माण भएपछि पुराना धारा तथा नौला जीर्ण बनेका रुपाल–८ का लोकराज भट्टले बताउनुभयो ।

    प्राचीनकालमा निर्माण भएका पधेराको प्रयोग नहुँदा जीर्ण भई लोप हुने अवस्थामा पुगेको अजयमेरु–७ स्थित समैजी प्रावि हाटका शिक्षक तेजबहादुर रावतले बताउनुभयो । कुन समयमा कसले निर्माण ग¥यो भन्ने एकीन नभएता पनि धेरै पहिले निर्माण भएको हुन सक्ने र बाबु बाजेले पनि तीनै पधेराबाट पानी पिउने गरेको सदाशिव प्रावि रुपालका प्रअ टङ्कप्रसाद जोशी बताउनुहुन्छ ।

    विभिन्न स्थानमा रहेका कतिपय पुराना पधेरा तथा नौलाको मुहार फेरि आधुनिक किसिमले निर्माण गरिएको छ भने केही भने सरंक्षण को अभावमा जीर्ण भई लोप भइसकेका छन ।

    धार्मिक मान्यताअनुुसार पनि डडेल्धुरालगायत सुदूरपश्चिममा गौरा पर्वका बेला नौला तथा पधेराको पूजा गरिने प्रचलन रहेको अमरगढी–७ पोखराका पण्डित धर्मराज जोशीले बताउनुभयो । हिन्दू संस्कृतिमा विवाहको दिनमा पनि नौलाको पूजा गरिने हुँदा यस्ता ऐतिहासिक वस्तुको सरंक्षण गरिनुपर्ने पण्डित जोशीको भनाइ छ ।

    मौसमअनुसार नौला तथा पधेरामा पानीको तामक्रम पनि परिवर्तन हुने हुँदा गर्मी समयमा चिसो र हिउँदमा तातो पानी हुने जनविश्वास रहेको छ ।

    जीर्ण बन्दै गएका पधेरा तथा नौलाको संरक्षण नगर्ने हो भने कथामा मात्रै सीमित रहने सर्वसाधारणको भनाइ छ । हालसम्म जिल्लामा यस्ता पुराना तथा ऐतिहासिक पधेरा तथा नौलाको गणना नभएको जिविसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij