आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अहिलेको सरकार कामचलाउ : पूर्व गृहमन्त्री बामदेव गौतम

  • प्रकाशित मिति : शनिबार, साउन २९, २०७३



  • नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान पूर्णरुपमा कार्यान्यन नभएसम्म एउटा धारा त के संविधानमा भएको ‘कमा’ र ‘फुल स्टप’ पनि संशोधन गर्न नदिने बताएका छन् ।
    प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले अहिले संविधानको संशोधनको कुरा उठिरहेको बताउँदै उनले संविधानमा भएको ‘कमा’ र ‘फुल स्टप’ पनि संसोधन नदिने बताए।
    ‘संविधानमा केही संसोधन गर्नुपर्ने छ तर एमालले संविधान पूर्ण कार्यान्यन नभएसम्म संसोधन गर्न दिँदैन,’ उनले भने। नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलबीच भएको संविधान संशोधनको सहमतिप्रति लक्षित गर्दै उनले संसदमा संविधान संसोधनका लागि प्रस्ताव पेश भएमा त्यसको विपक्षमा एमाले उत्रने बताए।
    संविधानले निर्धारण गरेका ७ प्रदेशमा पनि कुनै पनि प्रदेशको ‘एक इन्च’ जमिन दायाँबायाँ गर्न नदिने गौतमले बताए। उनले देशलाई टुकर्याउन र विखण्डन गर्ने गरी प्रदेशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने बताए । पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन आवश्यक रहेको बताए ।
    उनले एमाले कार्यकारी राष्ट्रपति शासनको पक्षमा रहेको बताउँदै अबको ५/७ वर्षमा कार्यकारी राष्ट्रपतीय शासन सुरू हुने बताए । गौतमले अहिलेको सरकार कामचलाउ मात्रै भएको टिपणी गरे । उनले यो सरकार देशलाई धरासायी बनाउनका लागि गठन भएको आरोप लगाउँदै राष्ट्रिय हितको काम गर्न नसक्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij