आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

  • प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३



  • काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको छ ।

    नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमै सबै विकेट गुमाएर मात्र ९४ रन मात्र बनाउन सक्यो ।

    पञ्चानब्बे रनको सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६.५ ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि वसन्त रेग्मी, सागर पुन र करण केसीले समान एक विकेट लिए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

    यसअघि नेपालका प्रायः सबै ब्याट्सम्यान असफल रहेका थिए । उनीहरु नेदल्यान्ड्सको कसिलो बलिङसामु निरीह बनेका थिए । ओपनर अनिल मण्डलले बनाएको २० रन नै नेपालको सबैभन्दा उच्च स्कोर रह्यो ।

    चारबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । सो क्रममा शरद भेषवाकरले १४, आठौँ क्रममा आएका सोमपाल कामीले १२, ओपनर ज्ञानेन्द्र मल्लले ११ बनाएका थिए ।

    त्यस्तै विनोद भण्डारीले नौ, नवौँ क्रममा आउँदै अविजित रहेका वसन्त रेग्मी र विनोद अविजित सात÷सात रन जोडेका थिए । तीबाहेक अन्य ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे । जसमा राजु रिजालले तीन, सन्दीप लामिछानेले एकमात्र बनाए भने कप्तान पारस खड्का र करण केसी दुवै झन शून्य रनमा आउट भएका थिए ।

    जारी लिगको शीर्ष स्थानमा रहेको टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको नेपाल आज पक्कै दबाबमा थियो । आठ टोलीमध्ये छैटाँै स्थानमा रहेको नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि आजको खेल जित्नैपर्ने हुन्थ्यो । हारले अब सोमबार हुने खेल जित्दै प्रतियोगितामा जमिइराख्न नेपाललाई थप दबाब हुने भएको छ ।

    जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij