प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच शनिबार भेटवार्ता भएको छ ।
उपप्रधानमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटमा निधिको आसन्न भारत भ्रमणमा कुराकानी केन्द्रित रहेको उहाँका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो । भ्रमणका क्रममा हुने भेटवार्ता र कार्यसूचीका विषयमा भेटमा छलफल भएको थियो ।
सरकारले गएको बिहीबार प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधानमन्त्री निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij