शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आठै सरकार लगिसक्दा पनि नेपाली कांग्रेसभित्रको दुई जना बाहेक अन्यलाई सरकारमा सहभागी गराउन सकेको छैन

  • प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३



  • काठमाडौं,  । नेकपा माओवादी केन्द्रले सहमति अनुसार आठै जनालाई सरकार लगिसक्दा पनि नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले दुई जना बाहेक अन्यलाई सरकारमा सहभागी गराउन सकेको छैन ।
    साना दलले समेत सरकारमा पठाए पनि कांग्रेसभित्रको आन्तरिक विवादले विमलेन्द्र निधि र रमेश लेखक बाहेक अन्य नेताहरूलाई सरकारमा सहभागी गराइएको छैन ।

    कांग्रेसमा सरकारमा को–को पठाउने भन्ने बारेमा आन्तरिक छलफल समेत अझै हुन सकेको छैन । यसले गर्दा नेता रामचन्द्र पौडेल निकटका कोही पनि नेताहरू सरकारमा सहभागी भएका छैनन । शेखर कोइरालालाई सपथका लागि तयार रहन भनिए पनि छलफल नभएको र परराष्ट्र मन्त्रालय नदिइएको भन्दै उनी तयार भएनन् ।

    सभापति शेरबहादुर देउवालाई उनी निकटका नेताहरूले शेखर कोइरालालाई परराष्ट्र मन्त्री नबनाउन दवाव दिएको उच्च स्रोतले जानकारी दियो । तर, कोइराला र पौडेल पक्ष अडानमा रहेका कारण अहिले देउवाले शेखर कोइरालालाई नै परराष्ट्र मन्त्री बनाउन तयार रहेको स्रोतले जानकारी दियो ।

    त्यसैगरी देउवाले अहिले असन्तुष्ट देखिएका नेता अर्जुननरसिंह केसीलाई पनि मनाउने प्रयास गरेका छन् ।
    उनलाई पर्यटन तथा शहरी विकास मन्त्रालय दिने भनिए पनि प्रकाशशरण महत र बालकृष्ण खाँणको विरोध रहेको स्रोतको दावी छ । त्यसैगरी महिला, आदिवासी, जनजातीको पनि प्रतिनिधित्व हुनुपर्नेमा देउवा सचेत रहेको उनको बुझाइ छ ।

    महिलाबाट सितादेवी यादव, अम्विका बस्नेत लगायतको नाम चर्चामा छ । मुस्लिमबाट फरमुल्लाह मन्सुर, दलितबाट मानबहादुर विश्वकर्मालाई सरकारमा पठाउने तयारी भएको कांग्रेसका एक उच्च नेताले जानकारी दिए । यता नेविसंघको विवाद नमिल्दा पनि सरकारमा पठाउने नाम चयन गर्न समस्या भएको ती नेताको भनाइ छ ।

    “देउवाले जसरी पनि नेविसंघको सभापति आफू निकटको होस् भन्ने चाहेका छन्,” उनले भने, “अहिले यस्तो अवस्थामा मन्त्री बनाउँदा हुन नपाउनेहरू विरोधमा लागेर आफू निकटका नेतालाई नै हराउलान् भन्ने डर देखिएको छ ।” सकेसम्म नेविसंघको विवाद सुल्झाएर मन्त्रीको नामावली तयार गर्ने तयारीमा देउवा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij