प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७३
काठमाडौं, भदौ ३ – अरबाज खानले निर्माण गरेको फिल्म ‘दबंग’को तेस्रो सिक्वेल बन्ने लामो समयदेखि चर्चामा छ ।
तर, यो फिल्मका लागि अहिलेसम्म कुनै पनि अभिनेत्रीले ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन् ।
यसअघि अरबाजले फिल्मका लागि परिणीति चोपडा र सोनाक्षी सिन्हालाई प्रस्ताव गरेका थिए ।
उनीहरू दुवैले फिल्ममा काम गर्न अस्वीकार गरिदिए । अब यही फिल्मका लागि अर्की अभिनेत्री काजोललाई पनि अफर गरिएको छ ।
तर, काजोलले पनि फिल्ममा नखेल्ने आशय प्रकट गरिसकेकी छिन् ।
अरबाजले फिल्ममा अभिनेत्रीको भूमिका सशक्त हुने भने पनि काजोलले भूमिका मन नपराएरै फिल्म अस्वीकार गरेको स्रोतहरूलाई हवाला दिादै भारतीय मिडियाले लेखेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij