सोमवार, अशोज २६, २०८३ | Monday 12th October 2026

काठमाडाैंमा आजदेखि ‘लोकदोहोरी मेला’ शुरू हुँदै,मेलामा राजु र बद्रीसहित दर्जनाैं कलाकारले विशेष प्रस्तुति दिने

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३



  • काठमाडौं । काठमाडौंको जमलमा रहेकाे टप दरबार रोधी क्लबले ३ दिने ‘लोकदोहोरी मेला’ शुक्रबारदेखि शुरू हुँदैछ।

    शुक्रबारदेखि भदाै ७ गतेसम्म आयोजना हुने मेलामा नेपाली लोक तथा दोहोरी क्षेत्रका थुप्रै कलाकारको विशेष प्रस्तुति रहने भएकाे हाे। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

    मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपूत, दुर्गेश थापा, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, वसन्त थापा, प्रियंका कार्की र एलिना चौहान लगायतले प्रस्तुति दिने भएका हुन् । टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे छ।

    ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एक पटकमा करिब २ सय जना अट्ने क्षमता छ । प्रत्यक्ष रूपमा १ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिएको क्लबका सञ्चालक अशोक गिरीले बताएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता
    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Mnogi ne vedo, da lahko že pečena zelenjava postane osnova za nasiten in okusen obrok. Razmerje med sestavinami in način priprave je vredno podrobneje raziskati. Ko doma pripravimo hrustljav krompir po francosko Med kuhanjem in pečenjem se pogosto odločamo med hitrostjo in izrazitejšim okusom. Z nekaj sveže zelenjave, stročnicami in zelišči lahko pripravimo uravnotežen obrok brez odvečnih maščob.