आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिरो सानो बाबु सुनुवार स्याङ्जामा सम्मानित

  • प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३



  • स्याङजा  ।    विश्वविख्यात साहसिक हिरो सानो बाबु सुनुवारलाई स्याङ्जालीको तर्फबाट अभिनन्दन तथा सम्मान गरिएको छ ।

    रोडसाईड क्याफे करेण्डाँडामा आज सम्पन्न उक्त कार्यक्रमकाबीच प्रमुख अतिथि स्याङ्जाली युवा नेता सांसद राजु थापाले उनलाई सम्मातिन गरे ।
    सो अवसरमा थापाले जन्मथलो रामेछाप भएपनि स्याङ्जालाई कर्मथलो बनाई सुनारले पर्यटकीय क्षेत्रमा स्याङ्जालाई बिश्वमा समेत चिनाउन सम्पूर्ण स्याङ्जाबासीलाई खुसीको कुरा भएको बताए ।

    कार्यक्रममा सम्मानित व्यक्तित्व सुनुवारले आँफू १३ बर्ष अगाडी पहिलो पटक स्याङ्जाको भूमिमा टेक्दा स्याङ्जालाई धेरै पर्यटकीय सम्भावना भएको क्षेत्रको रुपमा हेरेको बताउदै अब आफू शिक्षित स्याङ्जालीको साथमा रहन पाउदा खुसी लागेको बताए ।

    सानो बाबु सुनुवारले संसारकै सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लार्ई्डिङ गरि नेशनल जोग्राफी च्यानलको ‘हिरो अफ दि ईयर २०१२’ बाट सम्मानित भएका थिए भने हालसालै युरोपको सर्वोच शिखर माउन्ट एल्ब्रसबाट समेत प्याराग्लाईडिङ गरेर संसारलाई चकित तुल्याएका थिए ।
    उनको स्याङ्जाकै स्वरेकको मैदानमा विश्वकै एकमात्र प्याराग्लाईडिङ स्कुल सञ्चालनमा छ ।
    कार्यक्रम पर्यटन विकास समिति स्याङ्जाका अध्यक्ष स्थानीय विकास अधिकारी महेश भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij