आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झुम्का हरायो….(भिडियो सहित)

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • काठमाडौं,१७ साउन— चार वर्ष इराकमा बसेर फर्केकी वर्षा लामाले तिज गीत बजारमा ल्याएकी छन् । गितमा उनले इराकमा बस्दा भोगेका र आफन्तको सम्झनाले सताउँदाका क्षणलाई उतारेकी छन् ।

    आफूसँग करिब ४० वटा गीत ‘पाइपलाइन’मा रहेको तर सुरुवात भने तिज गीतबाट गरेको वर्षाले बताइन् । हालैमात्र उनले ‘थर्काइदेउ दम भए’ र ‘झुम्का हरायो’ गीति एल्बम बजारमा ल्याएकी छन् ।

    दुवै गीत आलाप म्युजिक स्टुडियोले बजारमा ल्याएको हो ।
    ‘थर्काइदेउ दम भए’ गीतले राम्रो बजार लिने उनको अपेक्षा छ । यसमा केटा र केटीको जुहारी चल्छ ।

    अर्को गीत भने ‘झुम्का हरायो’ बोलको छ । यसमा सन्तोष गन्धर्व र लामा दाजुले मोडलिङ गरेका छन् । दुवै गीतको भिडियो र मिक्सिङको काम भइसकेको लामाले बताइन् ।

    इराकमा बस्दा लामाले थुप्रै गीत लेखिन् । “विदेशमा त खाँदा, बस्दा, बाहिर जाँदा, घरको याद आउँदा पनि गीत बन्ने रहेछ,” उनले आफ्नो अनुभव सुनाइन् । विदेशमा बस्दा लेखेका गीत रेकर्ड गर्दै लैजाने उनको योजना छ ।

    उनको शब्द रहेको ‘जहिले नि उनको माया लाउनी’ बोलको गीतमा देवी घर्ती मगर र आशिष बिसीको स्वर छ । यो उनको पहिलो रेकर्डेड गीत हो । उनको शब्द रहेको दोस्रो गीत ‘राम्रो लाग्ने उनी’ सुरज थापा र टीका पुनको स्वरमा बजारमा आउँदैछ । यो गीतको भिडियोका लागि सुटिङ भइरहेको लामाले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij