प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३
पुजन गन्धर्व, नेपाल एक बहुजातिय, बहुभाषिक्, बहुसस्कृतिक्, धर्मनिरपेक्ष, सार्भभौसत्ता सम्पन्न, सङ्घिय लोकतान्त्रीक गणतन्त्रात्मक स्वतन्त्र राष्ट्र हो । विभिन्न बर्ग लाई मुल्याङ्कन गर्दा बिद्यार्थि बर्ग एउटा सचेत, शिक्षित र परिबर्तन मुखि बर्गको रुपमा परिचित छ।
बिधार्थि भित्र रहेका बिधामान घटना,समस्या र अवस्यकतालाई पूर्ण रुपमा समाधान गर्न साथै बिद्यार्थि भित्र रहेको विभिन्न सिप, कला,क्षमता र नवप्रतिभालाई सरल र सहज रुपले वाहिरा प्रस्फुटन पार्न र देखा परेका शैक्षिक बिकृति बिसङति हरुको निर्मुल अन्त्य गर्दै भेदभावरहित समतामुलक समाज निर्माण गर्न र सँगसँग मुख्यत, बिद्यार्थीहरुको शैक्षिक्, सामजिक्, सास्कृतिक एवम राजनैतिक सवालहरुमा वकालत गरी शिक्षामा बिद्यार्थी हरुको पहुच तथा राज्यका सम्पूर्ण निकायह्ररुमा अर्थपूर्ण सहभागिताको गरेन्टी गर्न र सम्बृद्द राष्ट्र निर्माणको लागि बिधार्थि सङठन स्थापना भएको हो।
सामन्य भाषामा राजनिति भनेको राज्यलाइ सञ्चालन गर्ने नितिलाइ बुझिन्छ। देशका निम्न तथा मध्यम बर्गिय जनताको हक, अधिकार सुनिश्चिताको लागि एवम् जनता लाई आफ्नो हक,अधिकार् र राज्य प्रतिको दाहित्वको जानकारी गराई सचेत बनाउने माध्यम लाई राजनिति भनेर बुझ्न सकिन्छ। बिधार्थि र राजनिति एक अर्काको परिपुरक हुन्। राजनितिले बिधार्थिहरु बिच एक् आपसमा चिनजान गराई सङठनभित्र सङठित भयर रहन सिकाउछ।
आत्मियता र भाईचारा सम्बन्धको बिकास गराउछ।
बिधार्थि देशको सबैभन्दा सचेत बर्ग भएको हुनाले राज्यलाई ब्यवस्थित तवर बाट संचालन् गराउनका निम्ति राम्रा कुराको समर्थन र नराम्रो पक्षको बिरोध गर्दै सरकारलाई सचेत् गराउन बिधार्थि राजनितिले मद्दत गर्छ। लोकतन्त्रले ग्यारेण्टी गरेका आधारभुत मान्यता भित्र रहन सचेत् गराउने तथा गलत् कृयाकलाप गर्नेलाई दण्ड दिलाइ कानुनि राज्यको प्रत्याभुति गराउन बिधार्थि राजनिति कोसेदुङा सावित भैसकेको छ। बिधार्थि संगठन हरुले आफुलाइ बैचारिक र ब्यवारिक एवम् सैदान्तिक तवर् बाट सक्षम रहेको प्रमाणित गर्दै सडक आन्दोलन बाट स्थापित भएको सडक बाघ को संज्ञा दिन पनि योग्य बनाई सकेका छन्। बिधार्थि राजनिति सिङो राष्टि«य राजनितिको मेरुदण्ड हो।
मुख्य त बिधार्थि राजनितिका आधार सिदान्त हरु के के हुन्, त्यो बुझ्न जरुरि छ। बिधार्थि राजनिति केबल हिंसात्मक र बिद्रोहि मात्र हुदैन, बिद्यार्थि राजनिति नयाँ सोच,मान्यता र परिबर्तन को पक्षपाती हुन्छ् राष्टियताको पक्षधर हुन्छ, सृजना र निर्माणको हिमायति हुन्छ, न्याय,समनता र लोकतन्त्रको पक्षधर हुन्छ। ज्ञान, बिज्ञान र चेतना का प्रतिक हुन्छ, सामाजिक,धार्मिक एवम् साँस्कृतिक अन्धबिश्वाशको बिरोधि हुन्छ। नयाँ खोज ,अनुसन्धान र प्रयोगमा तल्लिन हुन्छ।
राजनितिको परिधि भित्र रहेर एकै सोंच र बिचार हरु भएका बिधार्थि हरुको निश्चित उदेश्य प्राप्तिको लागि निश्चित बिधि र बिधान भित्र रहेर बानाईको सङठनलाई राजनैतिक बिधार्थि सङठन भनिन्छ।
महामानव बिपि कोइराला ले भन्नु भएको थियो ूबिधार्थि हरु हमेशा बिष्फोट, संघर्ष र अराजकताका प्रतिक मात्र होइनन् जुनजुकै बेला प्रयोग गर्न सकिने बारुद पनि होइनन्। ति कुनै पनि राष्टको सृजना र निमार्ण का अपरिमित शक्ति हुन्।“ बिपि ले भने जस्तै बिधार्थि सङठन् ले इतिहास देखि बर्तामान सम्म राष्ट्र निमार्णका लागि उल्लेखनिय भुमिका निर्वाह गरेका छन।इतिहास को बिभिन्न कालखण्ड हरुमा जहाँनिय राणाशासनको अन्त्य गर्न होस्, तानाशाहि पञ्चयाति ब्यवस्थाको अन्त्य गर्न होस्, निरङ्कुश राजतन्त्रको अन्त्य गर्न होस् बिधार्थि सङठन हरुले बैचारिक र ब्यवारिक दुबै पद्दति बाट महत्वपुर्ण योगदान गरेका छन्।
बिधार्थि शक्ति एउटा यस्तो शक्ति हो जस्ले सिङो राष्ट्रीय राजनितिलाइ एउटा उत्कृष्ट योजनागत दङग बाट मार्गनिर्देशन् गर्न सक्छ। बिधार्थि राजनितिको इतिहास लाइ स्मरण गर्दा, बर्तामानको समिक्षा गर्दै र भबिष्यको परिकल्पना गर्दा बिधार्थि राजनिति सदैव राष्ट्र निर्माण को पक्षमा छ। पक्ष मा रहेको देखिन्छ। इतिहासलाइ स्मरण गर्दा बिधार्थि राजनिति अन्याय र अत्याचारको बिरुद्दमा र अधिकार प्राप्तको लडाँई बाट स्थापना भै सथागत भएको बुझिन्छा।
अन्तर आत्मा देखि महषुस गर्दा पछिल्लो समय मा बिधार्थि राजनितिमा देखिएको उदासिनतालाइ हेर्दा लोकतान्त्रीक पद्दतिबाट बिधार्थि सङठन लाइ सञ्चालित गरि सम्बृद रुपदिनको निमित्त सङठनमा राष्ट्रभक्त, लोकतन्त्रप्रेमी , एकताप्रेमी, निष्ठावान,अध्यायनशिल,आर्थिक पारदर्शिता,बिषयगत ज्ञान प्राप्त, लगनशिल र इमान्दार सदस्य हरुको आवश्यकता रहेको देखिन्छ। अझ सङठनलाइ मजबुत बनाउनको लागि सङठनको एजेण्डामा प्रस्टता, कार्यकर्तामा कठिबद्द प्रतिबद्द्ता र नेतृत्वमा एकता आजको आवश्यकता रहेको छ।
बिधार्थि को मात्र नभै देशको समग्र प्रजातान्त्रीक आन्दोलनको इतिहासमा नै सार्वाधिक महत्व झल्कने प्रथम आन्दोलन थियोू जयन्तु संस्कृतम्ू आन्दोलन। जुन् आन्दोलन बाट नै जहाँनिय राणा शासनको बिरुद्द नेपाली जनतामा जनजागरण एवम् राजनैतिक अधिकारका लागि जनचेतना फैलाउने कार्यको समेत सुत्रपात भयो। जुन् आन्दोलन मा ४२ जना बिधार्थि हरुलाइ देश निकाला गरिएको थियो।
इतिहासको यो कहालिलाग्दो आन्दोलन बाट नै बिधार्थि राजनितिलाई सडको बाघको रुपबाट हेर्न थालिएको थियो। बिधार्थि शक्ति र राजनिति के हो भनेर स्वतन्त्र बिधार्थि आन्दोलन, २०२१,२२,३६ सालको बिधार्थि आन्दोलन , २०४२ सालको सत्यग्रह र जनाअन्दोलन २०४६ र २०६२र६३ बाट पुष्टि भैसकेको छ।
बिधार्थि हरु सदैव त्याग,बलिदान र समर्पणको अद्दितिय स्रोत हुन्।
उच्च शिक्षा हासिल गर्ने महान अभिलाषाका साथ बिश्वबिधालय प्रबेश गर्ने हरेक युवा बिधार्थि हरु राष्ट्र निर्माणको लागि बलिदान दिन तयार रहेको देखिन्छन्। पछिल्लो समय बिश्वबिधालय हरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो को रुपमा चिनिन थालेका छन् त्यसकारण झन् राजनिति प्रति बिधार्थि हरुको आशा र झुकाव बढ्न थालेको छ। तर नेतृत्व पङ्तिको राजनैतिक हस्तक्षेप, अराजकता र गैरजिम्मेवारीपन का कारण बिधार्थि राजनितिको धरातल कमजोर् बनेको छ।
बिधार्थि राजनितिले बिशेष त बिधार्थि हरुको आधारभुत समस्या हरुको सामाधानको लागि शैक्षिक मुद्दाहरुमा बढि ध्यान दिन आवश्यक छ। हमि भित्र पनि थुप्रै समस्या र चुनौतिहरु छन् त्यस समस्याको सामधान् गरि चुनौतिहरुलाइ माथ गरि अधि बद्नु जरुरि छ। आझ मुलुक युवा र बिधार्थि हरुको भरोषामा छ , नेपाल आमाको आशा, सहपाठिहरुको बिश्वाश, पछिल्लो पिढिँको भरोषा लाई मर्न नदिन बिधार्थि राजनैतिकलाइ आफ्नो धर्म ठान्ने युवा बिधार्थि हरुले जस्तोसुकै चुनौतिको पनि इरद्द लिन जरुरि छ।
आत्मा साक्षि राखेर अग्रजहरुको आशिर्बाद, समकक्षिको साथ र सबैको माया र सदभाब् लिई युवा बिधार्थि हरुले यो राष्ट्रलाई सतमार्ग मा मार्गनिर्देशन गराउन तयार रहनु पर्दछ। शैक्षिक बेरोजगार मात्र उत्पादन नगर्न को निमित्त बैज्ञानिक र ब्यवहारिक रोजगारमुलक शिक्षा नितिको पहल् गर्नु पर्दछ। र सामाजिक सदभाब र लोकतान्त्रीक संबिधान निर्माणको आधार तयार गर्न बैचारिक बहस तथा आवश्यक पहलकदमि मा अग्रसर् हुनु पर्दछ। राष्ट्रको नाम र शान मा आफ्नो स्वभिमान् देख्ने बिधार्थि हरुले कहिले पनि अन्याय अत्याचार र गलत् प्रबृतिको अगाडि शिर झुकाएका छैनन्।
यसै सन्दर्भमा मुलुकको सबैभन्दा ठुलो र गौरवशाली ईतिहास बोकेको संगठन नेपाल विधार्थी सङ्ग ११ औं महधिबेशन को संगार मा छ। करीब १ दशक देखी ८ पटक सम्मा स्थगितभै हुन लागेको महाधिबेशनले लोकतन्त्रप्रेमी विधार्थी हरु मा एक किसिमको उत्साह उत्पन्न हुन थालेको छ। मुलुक शान्तिप्रकिया को मोड लिएपछी गणतन्त्र लाई सस्थागत गर्दै संबिधान प्राप्त गरेको छ । राजा निर्माण र बिकास को स्वर्णिम समयमा मुलुकको महत्वपूर्ण युवा विधार्थी संगठन महाधिबेशन बिहिन हुँदै अस्तब्यस्त हुनु निकै दुःखदाही बिषय थियो। तर बर्तमान पारीवेक्षमा घोषित नेपाल विधार्थी संघ को महधिबेशनले प्राप्त गर्ने नेत्रित्वले मुलुकलाई विधार्थी हरुको माझबाट उननतिपथ मा निर्देशान् गर्न अवस्य नै मद्त पुर्याउछ ।
देशको शिक्षाप्रणालिको बारेमा उत्पन्न भएका टिकाटिप्पणी , शिक्षा क्षेत्र मा रहेका बिभेदिकरण लाई महत्व को साथ अवलोकन गरी यस्को यथासिग्र दिर्घकालिन समाधान गर्नु पर्ने नेबिसङ्ग को मुख्य अभिभारा हो। पार्टी एकता पछी दुई पटक माउ पार्टिको अधिबेशन भएता पनि नेबिसङ्ग को भने हुन सकेको छैन त्यसैले हुन गएको ११ औँ महाधिबेशनलाई नेपाल विधार्थी सङ्ग को एकताको महाधिबेशन को संज्ञा पनि दिन सकिन्छ।
नेपाल ले पाप्त गरेको संबिधान को जग मा संघिय संरचनागत र समाबेशी को आधार मा निर्वाचन मार्फत नेत्रित्व छायान हुन अती आवश्यक छ। बिभिन्न कालखण्डमा विविध किसिमका घटनाक्रम , पौराणिक आस्था , कतिथ रुडिबादी परम्परा र संस्कीती , कुरित र बिसंगती का कारण पछाडि पारीएका वर्ग, लिङग र समुदाय को अर्थपूर्ण सभाहगिता गराउन आवश्यक छ।
नेपाल विधार्थी सङ्ग को ११ औँ महाधिबेशन समाबेशी को कोसेढुङ्गा साबित हुनु पर्दछ। यस्ता वर्ग , लिङ्ग र समुदायलाई विधार्थी राजनीतिको मुलप्रबाह मा ल्यएर राजनीति को माध्यम बाट समाज लाई सचेत गराउदै असमानता को बिधिबत अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नु पर्ने ११ औं महाधिबेशन को अर्को महत्व पूर्ण अभिभारा हो ।
महाधिबेशन को पुर्वसन्ध्या विविध किसिम का प्रश्न हरु उत्पन्न हुनु स्वाभाविक हो । महाधिबेशन निती निर्माण को लागि वा नेत्रित्व परिवर्तन को लागि , बिधिको को शासन को अभ्यास को लागि वा ब्यक्ती को शासन पद्दती को लागि , लोकतान्त्रीक पारीपाटी लाई सस्थागत गराउन को लागि वा खिल्ली उडाउन को लागिं, यि सरल प्रश्न हरु आमविधार्थी माझ उत्पन्न हुन थालेका छन।
दुई वा दुई भन्दा केही बढी ब्यक्ती को समुह बाट निर्माण गरिएको बिधान को जग मा निर्वाचन मा भाग लिनु पर्ने बाध्यता छ , निती तथा कार्यक्रम बिना नै परिवर्तन को पक्षमा वकालत गर्नु पर्ने अवस्था छ । कलश मा दिप प्रज्वलन र खाली बाकस मा मतपत्र खसालेर मात्र बिधिबत अधिबेश्न समाप्त हुने सम्भावना छ । लोकतान्त्रीक परीपाटी को बिशाल संगठन बिचार, पद्दती मा खोक्रो हुन थालेको छ तसर्थ ११ औँ महधिबेशन ले यस्ता किसिमका सरल तर गहन कुरामा ध्यानकेन्द्रीत गर्छ भन्ने अभिलाषा छ ।
आफुलाई बिपी कोइराला का अनुयागी , गणेशमान का शिष्य , किसुन जि र गिरिजाप्रसद कोइराला ले निर्देशान गरेको मार्ग मार्गनिदेशित विधार्थी नेता भनी परिचित गराउने विधार्थी हरु नेत्रित्व को बागडोर समाल्ने तयारी मा हुनुहुन्छ ।
आशा छ बिपी ले दिनु भएको बिचार , गणेशमान को त्याग र बनिदान , किसुन जि को प्रेरणा र गिरिजाप्रसाद कोइरालाको नेत्रीत्व शैली को प्रभावित नेता हरु ११ औँ महाधिबेशन ले प्राप्त गर्नेछ । नेत्रित्व पंती मा हुनुपर्ने संगठन प्रतिको दुर्दर्शिता, कार्ययोजना , शैक्षिक एवम राजनैतीक एजेण्डा को तर्जुमा गरी लोकतान्त्रीक बिधी बाट नयाँ नेत्रीत्व चयन हुने पूर्ण भरोषा छ ।
अब समग्र रुपमा भन्नु पर्दा बिधार्थि राजनिति अग्रज हरुको लागि आशा र भरोषा हुनुपर्छ, युवा बिधार्थि हरुको नेतृत्व शक्ति बन्नुपर्छ, भावि पुस्ताको लागि प्रेरणाका स्रोत स्वरुप स्थापित हुनुपर्छ, बिधार्थि राजनिति र बिधार्थि को नाममा गलत ब्याख्या गर्ने र कृयाकलाप गर्ने एवम् शैक्षिक माफिया हरुलागि सैदान्तिक प्रश्न बनि प्रस्तुत हुनुपर्छ र जस्ले हृदय देखि नै बिधार्थि हक, अधिकार र शैक्षिक एजेण्डाको अर्थपुर्ण वकालत गर्छ त्यस्ता ब्यक्तिको लागि प्रयोगात्मक अभ्यासको केन्द्र बन्नु पर्दछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij