आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्यार्थी नेताहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले

  • प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३



  • काठमाडौं – नैनसिंह महरलाई नेविसंघको आधिकारीक उम्मेद्वार बनाएको हल्ला चलेपछि देउवा निवास पुगेका विद्यार्थी नेताहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले ‘त्यसरी कसैलाई आधिकारिकता नदिएको’ स्पष्ट पारेका छन् ।

    सोमबार साँझ देउवाले नैनसिंह महरलाई आधिकारिकता दिएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अनर्गल प्रचार गरेको भन्दै नेविसंघका पूर्व–महामन्त्री राजेश ज्ञवालीसहितका विद्यार्थी नेताहरु मंलगबार दिउँसो उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।

    ‘पार्टी सभापतिले कसैलाई आधिकारिक तोकेको छैन भन्नुभो’ रातोपाटीसँग कुरा गर्दै नेविसंघका केन्द्रीय सदस्य सरोज न्यौपानेले भने, ‘पार्टीका केही नेताले अनावश्यक हल्ला चलाएका रहेछन् ।’

    विद्यार्थीहरुसँगको भेटमा देउवाले आफूले फलानो भनेर कसैलाई नतोकेको उल्लेख गर्दै आकांक्षीहरुसँग बसेर सल्लाह गरेपछि मात्रै निर्णय लिइने बताएका छन् ।

    ‘प्रतिनिधि विवाद टुंगिएपछि मात्र आधिकारिक उम्मेद्वारको बारे डिसीजन गर्छु भन्नुभएको छ’ विद्यार्थी नेता सरोज न्यौपानेले भने ।

    मंगलबार अशोक वास्ताकोटी, युपीराज आलमलगायतका विद्यार्थी नेताहरु देउवा निवास पुगेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij