प्रकाशित मिति : बुधबार, साउन २६, २०७३
जेपी थुलुङ, सोलुखम्बु । जहा सुगम त्यहा विकासको गति राम्रो हुनुु पर्ने हो तर सोलुखुम्बुका सुगम तथा पर्यटकिय क्षेत्र अझै पनि खुल्ला दिसामुक्त समेत हुन सकेको छैन ।
सोलुखुम्बुको बिभिन्न दुर्गम गाउँमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईसक्दा सुगम तथा पर्यटकिय क्षेत्रमा अझै पनि शौचालय समेत नबनेको हो । जिल्लाको दुर्गम गाबिसका रुपमा चिनिने कोसी पारीका गाविसहरु तथा अन्य गरी २५ ओटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषना भईसक्दा जहा बढि आवश्यक्त त्यहि नै उक्त अभियान नभएको हो ।
जिल्लाको पर्यटकिय क्षेत्र नाम्चे, खुम्जुङ, चौरीखर्क र सोलुखुम्बुको सदरमुकाम दुधकुण्ड नगरपालिका अझै खुल्ला दिशा मुक्त हुन बाँकी रहेका हुन् । जिल्लाको दुर्गम तथा विकट गाविसहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा भईसक्दा यि गाविसहरुमा अझै पनि शौचालय नबनेको हो ।
बिश्वकै सर्वोच्च शिखर सगरमाथा भएकाले बिशेष पर्यटकिय क्षेत्र मानिने सोलुखुम्बुको माथिल्लो क्षेत्रहरु जुभिङ, चोरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा प्रायः जसो बाह्रै महिना अत्याधिक चिसो हुने भएका कारण शौचालय निर्माण गर्न कठिन हुदा यो अभियान अघि बढ्न नसकेको जिल्ला स्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानिय बिकास अधिकारी महेश पराजुलीले बताउनुुभयो ।
यस्तै सदरमुकाम सल्लेरी दुधकुण्ड नगरपालिका र सदरमुकाम नजिकै रहेको नेले बजार क्षेत्र भएकोले सौचालय निर्माण गर्न तथा सेप्टी ट्याङकी बनाउने जग्गा नभएकोले समस्या भएको जिल्ला स्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष पराजुलीले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij