आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिल्ला कारागार सोलुखुम्बुमा क्षमता भन्दा करिब ४ गुणा बढि कैदी बन्दी

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • जेपी थुलुङ,सोलुखुम्बु ।

    जिल्ला कारागार सोलुखुम्बुमा क्षमता भन्दा करिब ४ गुणा बढि कैदि बन्दी हुदा समस्या हुन थालेको छ । महिला पुरुष गरी कुल २५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल महिला ७ र पुरुष ८७ गरी कुल ९४ जना कैदि वन्दी रहेका छन् । क्षमता भन्दा वढि कैदि बन्दी भएका कारण सुत्न र बस्न निकै समस्या भएको कारागार प्रमुख बासुदेब श्रेष्ठले बताउनुभयो ।

    यसरी क्षमता भन्दा वढि कैदि वन्दि वस्दा भान्सा कोठा देखी सौचालय सम्मनै खचाखच सुत्नुपर्ने बाध्यता रहेको कैदिबन्दीहरुको गुनासो रहेको छ ।

    साथै यसरी बस्दा तथा सुत्दा बिभिन्न किसिमका रोग वढ्ने सम्भावना समेत रहेको कैदि बन्दिहरुले बताएका छन् । कारागरको यस्तो समस्या पटक पटक बिभागमा जानकारी गराउदा सबै जिल्लाको यस्तै समस्या हो भन्ने जानकारी मात्र आएको कारागार प्रमुख श्रेष्ठले बताउनुभयो । कारागारमा रहेका ९४ कैदि वन्दि मध्ये सवै भन्दा वढि ४७ जना  कर्तव्य ज्यान सम्बन्धी अभियोग लागेका कैदि वन्दिहरु रहेका छन् ।

    यस्तै जवरजस्ती करणी १२, चोरी ९, जवरजस्ती करणी उद्योग ६, ठगी ३, गौबध ३, चारी गरी गौबध ३, ज्यान मार्ने उद्योग २, कुटपटि २, जबरजस्ती करणी २, हात हतियार बिष्पोटक पदार्थ चन्दा उठाउने १, जबरजस्ती करणी अप्राकृतीक १, कस्तुरी चोरी सिकार १, हाड नातामा बहुबिबाहा १, र जबरजस्ती चोरी अभियोगमा १ जना गरी कुल ९४ जना कैदिबन्दी जिल्ला कारागार सोलुखुम्बुमा रहेका छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij