प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
लण्डन । डिएगो कोस्टाको दुई गोलको मद्दतले चेल्सीले स्वान्सी सिटीसँग अंक बाँड्न सफल भएको छ । स्वान्सीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले यस सिजन पहिलो पटक अंक गुमाएको हो ।
कोस्टाले नै खेलको १८ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा भने खेल बदलियो ।
४ मिनेटको अन्तरालमा गिल्फी सिगर्डसन र लेरोयी फेरको गोलको मद्दतले स्वान्सीले २–१ को अग्रता बनायो ।
खेलको ८१ औं मिनेटमा कोस्टाले उत्कृष्ट ओभरहेड किक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
योसँगै इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको चेल्सीमा शुरुवाती चार खेल जित्ने चौंथो प्रशिक्षक बन्ने लक्ष्य चकनाचुर भएको छ । यसअघि जोसे मोरिन्हो, गुस हिडिंक र कार्लो एन्चेलोटीले आफ्ना शुरुवाती चार खेल जितेका थिए ।
यद्यपि, लिगमा चेल्सी भने अझै अपराजित रहेको र शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा २ अंकले पछि परेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij