प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३
काठमाडौँ । अन्तर्राष्ट्रिय ख्याती प्राप्त ‘गोल्डेन फोनिक्स अवार्ड २०१६’ नेपाली चेली चाँदनी श्रेष्ठले हात पारेकी छिन् । सेप्टेम्वर ३ तारिखका दिन मलेसियामा एक विशेष समारोहका बीच उक्त अवार्ड श्रेष्ठलाई प्रदान गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विजनेश अवार्ड २०१६’ हात पारेकी श्रेष्ठलाई यसै बर्ष मात्रै नवनारी म्यागेजिनले ‘वुमन अफ दि इयर २०१६’ बाट समेत सम्मानित गरेको थियो ।
विश्वका तीस भन्दा बढि महिलाहरुलाई प्रदान गरिएको अवार्डमा श्रेष्ठले उक्त अवार्ड प्राप्त गरेर देशको गौरव बढाएकी छिन् ।
विगत लामो समयदेखि सफल महिला उद्यमीको रुपमा स्थापित श्रेष्ठले यसअघि पनि थुपै्र अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेकी छिन् । इन्टरप्रेनियर सक्सेस बुमेनको रुपमा यस वर्षको गोल्डेन फोनिक्स अवार्ड चाँदनीले चुमेकी हुन् ।
द रेमण्ड सप, रेमण्ड होम लगायतका सफल कम्पनी कि संचालीका श्रेष्ठले केहि समयअघि मात्रै इण्डोनेसियाको राजाबाट ‘डि राजा नोसनतारा एम्बेसडर अवार्ड’ बाट समेत सम्मानित पनि भएकी थिइन् ।
व्यावसायीक जीवनसँगै समाज सेवामा पनि निकै सक्रिय चाँदनीले यी यस्ता अवार्ड तथा सम्मानहरुबाट समाजका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij