मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

बेलायतमा हाँस्यकलाकारद्वय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७९



  • लन्डन । दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्राे प्रस्तुति दिए ।

    दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे ।

    कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे ।

    शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो ।

    कार्यक्रममा सहभागी स्थानीय आस्था भट्टराई हाँस्यव्यङ्य प्रस्तुति गरेकी थिइन । ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् ।

    यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij