यसै वर्ष रिलिज भएको शाहरुख खान स्टारर फिल्म ‘फ्यान’ एक सुपरस्टार र उनीजस्तै देखिने एक फ्यानको कथामा आधारित छ ।
रिल लाइफमा मात्र होइन, रियल लाइफमा पनि सेलिब्रिटीका यस्ता फ्यान हुन्छन् जो उनीहरु जस्तै देखिन्छन् । सलमानको फिल्म ‘बजरंगी भाइजान’ मा काम गरिसकेका उनीजस्तै देखिने नजिम खानलाई नै हेर्नुहोस् । उनको अनुहार सलमान खानसँग निकै मिल्छ ।
नयाँ दिल्लीमा बस्ने नाजिमको इन्स्टाग्राममा राखिएका तस्बिरहरु हेर्दा उनी सलमान खान हुन् वा नजिम खान खुट्याउनै गाह्रो पर्छ ।

कट्रिना कैफः
जरिन खान र एली अवरामलाई कट्रिनाजस्तै भनिन्छ । तर तपाईंलाई सुन्दा अचम्म लाग्ला कि हलिउडमा पनि कट्रिना जस्तै देखिने एक नायिका छिन् । उनी हुन् क्यामिला बेली । क्यामिलाले अक्षय कुमार निर्माता रहेको फिल्म ‘स्पिड सिंह’मा पनि काम गरिसकेकी छिन् ।

रणबीर कपुरः
रणबीर कपुरजस्तै देखिने जुनैद शाह कश्मिरमा बस्छन् । मोडल बन्ने सपना बुनिरहेका जुनैले फेसबुकमा आफ्नो एउटा पेज पनि बनाएका छन् जसको नाम ‘जुनैद शाहः द अपकमिङ आर. ए’ । यो पेजमा उनका थुप्रै फोटोहरु छन् जसलाई झट्ट हेर्दा रणबीर कपुरको जस्तो देखिन्छ ।

दीपिका पादुकोण, इरिना शायकः
रसियाली मोडल इरिना शायक आफ्नो बोल्ड र बिन्दास अन्दाजको लागि चर्चित छिन् । फुटबलर क्रिष्टियानो रोनाल्डोसँगको सम्बन्धका कारण पनि उनले निकै चर्चा बटुल्न सफल भएकी थिइन् । उनको अनुहार दीपिका पादुकोणसँग मिल्ने धेरै मानिस बताउने गर्छन् ।

आमिर खान, टम ह्याङ्क्सः
टम ह्याङ्क्स र आमिर खानको तुलना उनको करियरको सुरुवाती अवस्थादेखि गरिँदै आएको थियो । उनीहरुको अनुहारमात्र होइन, अभिनय गर्ने तरिका पनि एउटै रहेको मानिसहरु बताउने गर्दछन् ।

टाइगर श्रोफ, जोसेफ गार्डेनः
बाल्यकलाकारको रुपमा आफ्नो करियर सुरु गर्ने जोसेफ गार्डेन आफ्नो अभिनयका लागि निकै चर्चित छन् । उनी टाइगर श्रोफजस्तै देखिने बताइन्छ ।

ऐश्वर्या राय, स्नेहा उल्लालः
स्नेहा उल्लालको अनुहार ऐश्वर्या रायसँग मिल्छ । यही कारणले सलमानले उनलाई फिल्ममा स्थान दिएको समेत बताइन्छ ।

अर्जुन कपुर, हितेश ग्वालानीः
हैदराबादमा बस्ने हितेश ग्वालानी अर्जुन कपुर जस्तै देखिन्छन् । उनी पनि कुनै बेला अर्जुनजस्तै धेरै तौलका थिए । हुन त हितेश पेशाले आयकर विभागमा काम गर्दछन् तर उनको इच्छा अभिनयको करियर बनाउने हो ।

अनुष्का शर्मा, नाजिया हसनः
पाकिस्तानी पप गायिका नाजिया हसनको तुलना अनुष्का शर्मासँग गरिन्छ । नाजियाले १५ वर्षमा नै फिल्म फेयरको बेस्ट फिमेल सिंगरको अवार्ड हाँसिल गरिन् । नाजियाको यो रेकर्ड अहिलेसम्म पनि कोही महिलाले तोड्न सकेका छैनन् । उनले गाएको ‘आप जेसा कोही मेरे जिन्दगीमे आए’ बोलको गीत सर्वाधिक रुचाइएको हो । सन् २००३ मा ३५ वर्षको उमेरमा नाजियाको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको हो ।

ऋतिक रोशन, हरमन बवेजाः
नायक हरमन बवेजाको अनुहार ऋतिक रोशनसँग निकै मिल्दोजुल्दो छ । हरमनले आफ्नो करियरको सुरुवात फिल्म ‘लभ स्टोरी २०५०’ बाट गरेका थिए । तर उनले बलिउडमा आफ्नो करियर बनाउन भने सकेनन् ।

अरबाज खान, रोजर फेडररः
स्विटजरल्याण्डका टेनिस खेलाडी रोजर फेडररको अनुहार नायक–निर्देशक अरबाज खानसँग काफी मिल्दोजुल्दो छ ।

ईशा गुप्ता, एन्जेलिना जोलीः
एन्जेलिना संसारभरी निकै चर्चित नायिका हुन् । बलिउडकी ईशा गुप्ताको अनुहार एन्जेलिना जोलीसँग मिल्ने धेरैले बताउँछन् ।

जोन अब्राहम, मुबाशिर मलिकः
जोन अब्रामह जस्तै देखिने मुबाशिर मलिक ब्रोडकाष्टर र लेखक हुन् ।

शान (शान्तनु मुखर्जी)
आफूजस्तै देखिने यी व्यक्तिसँग फोटो खिचाएका शानले यो फोटो ट्वीटरमा पोष्ट गरेका थिए ।

राखी सावन्त, हाइफा वेहबेः
लेबनानकी गायिका र नायिका हाइफा वेहबेको अनुहारको तुलना मोडल र नायिका राखी सावन्तसँग गरिन्छ ।

परिणीती चोपडा, हेडन पेनटियरः
हेडन पेनटियर अमेरिकी गायिका र नायिका हुन् जसले फिल्मका साथै टेलिभिजनमा पनि निकै काम गरेकी छिन् । उनलाई परिणीत चोपडासँग तुलना गरिन्छ ।