शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फोरजी सेवा सञ्चालनमा ढिलासुस्ती

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • काठमाडौ २ असोज-नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालनको कार्यमा ढिलासुस्ती गर्न थालेको छ । सेवाप्रदायक कम्पनीहरू फोरजी सञ्चालनका लागि तत्पर देखिए पनि प्राधिकरणको ढिलासुस्तीले थप केही समय पछाडि धकेलिने भएको हो ।

    दूरसञ्चार सेवाको रेडियो फ्रीक्वेन्सी नीति संशोधनमार्पmत सेवा सञ्चालनका लागि कानूनी बाटो खुलेको १ महीना बितिसकेको छ । नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालनका लागि प्राधिकरणको स्वीकृति कुर्दै आएका छन् । तर, सेवाप्रदायकले निवेदन दिएको महीना दिन बित्नै लाग्दासमेत प्राधिकरणले प्रविधि तटस्थताको अनुमतिसम्म पनि जारी गर्न सकेको छैन । सेवाप्रदायकहरूले प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमति लिएर सेवा विस्तारको कार्ययोजना पेश गर्नुपर्ने हुन्छ । कार्ययोजनाअनुसार प्राविधिक तयारी पूरा गरेपछि मात्र फोरजी सेवा शुरू गर्न पाउनेछन् ।

    यसअघि प्राधिकरणले बताएअनुसार अबको १ महीनामा सेवाप्रदायकबाट सेवा विस्तार कार्ययोजना स्वीकृत गरी फोरजी सञ्चालनको स्वीकृति दिने योजना थियो । प्रविधि तटस्थताको अनुमतिमा ढिलाइ हुँदा प्राधिकरणले सेवाप्रदायकबाट सेवा विस्तार कार्ययोजना पनि माग्न सकेको छैन । फोरजी सेवा सञ्चालन अनुमति पूर्वनिर्धारित अवधिभन्दा केही पछाडि धकेलिने अवस्था आएको प्राधिकरणका उपनिर्देशक विजयकुमार रायले बताए । ‘सकेसम्म छिटो फोरजी सञ्चालनको वातावरण बनाउने पक्षमा प्राधिकरण छ,’ उनले भने, ‘केही प्राविधिक कारणले १ महीनाजति ढिलो हुनसक्ने देखिएको छ ।’

    सरकारले लिएको प्रविधि तटस्थताको नीतिअनुसार अब जीएसएम सेलुलर मोबाइल तथा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवाप्रदायकले १८ सय ब्याण्डमा एलटीई तथा फोरजी सेवा सञ्चालन गर्न पाउने छन् । सो ब्याण्डमा अब जम्मा २८ मेगाहर्ज फ्रीक्वेन्सी मात्र बाँकी छ । त्यसमध्ये युनिफाइड लाइसेन्सका आधारमा यूटीएलले १२ मेगाहर्ज प्राप्त गर्ने छ । टेलिकम र एनसेलले थोरै फ्रीक्वेन्सी हुँदा पूर्वाधारमा लगानी बढी आवश्यक हुने भन्दै उक्त ब्याण्डमा २०/२० मेगाहर्ज फ्रीक्वेन्सीको माग गरेका छन् । तर, जम्मा १६ मेगाहर्ज फ्रीक्वेन्सी मात्र बाँकी रहेकाले दुवै कम्पनीलाई ८/८ मेगाहर्ज फ्रीक्वेन्सी वितरण गर्ने प्राधिकरणको तयारी छ ।

    सेवाप्रदायकले हाल १८ सय ब्याण्डमा टुजी सेवा सञ्चालन गर्दै आएका छन् । उक्त ब्याण्डमा टेलिकमसँग १५ मेगाहर्ज, स्मार्टसँग १२ मेगाहर्ज, एनसेलसँग ११ मेगाहर्ज र एनएसटीपीएलसँग ९ मेगाहर्ज रहेको छ । टुजीलाई अन्य ब्याण्डमा ‘सिप्mट’ गरी सेवाप्रदायकले यसअघि प्राप्त गरेको फ्रीक्वेन्सी फोरजीमा प्रयोग गर्नसक्ने विकल्पसमेत छ । तर, सो फ्रीक्वेन्सी फोरजीका लागि प्रयोग गर्दा टुजीमा असर गर्ने सेवाप्रदायकहरूको जिकीर रहँदै आएको छ ।

    सेवाप्रदायकसँग आवश्यकताभन्दा बढी फ्रीक्वेन्सी रहेको भन्दै त्यसबाट केही फ्रीक्वेन्सी टुजीका लागि छुट्याएर फोरजीमा थप गर्न सकिने रायको भनाइ छ । ‘यसो गर्दा सेवाप्रदायकहरूले दाबी गरेजस्तो टुजीमा समस्या हुँदैन,’ उनले भने ।

    तल्ला  ब्याण्डको फ्रीक्वेन्सीमा कम पूर्वाधार आवश्यक पर्ने हुन्छ । फोरजीका लागि ७ सय र २६ सय ब्याण्डको फ्रीक्वेन्सी बढाबढको आधारमा वितरण गर्ने भर्खरै संशोधित नीतिमा भनिएको छ । त्यसको न्यूनतम मूल्य तोक्न प्राधिकरणसँग अब २ महीनाको समय बाँकी छ । तर, प्राधिकरणले त्यसका लागि कुनै पनि गृहकार्य गरेको छैन ।

    सेवाप्रदायकले प्रविधि तटस्थताको सुविधाका लागि प्राधिकरणबाट छुट्टै स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार, जीएसएम मोबाइल सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिप्राप्त सेवाप्रदायकले मात्र त्यस्तो स्वीकृति पाउनेछन् । त्यसअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र यूटीएलले मात्र फोरजी सेवा सञ्चालनलगायत प्रविधि तटस्थ सुविधा पाउने देखिन्छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

    यद्यपि हाल टेलिकम र एनसेलले मात्र फोरजी सेवाका लागि प्राधिकरणसमक्ष निवेदन दिएका छन् । युनिफाइड लाइसेन्स पाउँदा तोकिएको शर्त पूरा नगरेको भन्दै स्मार्ट टेलिकमलाई भने तत्काल फोरजी सञ्चालन अनुमति दिन नसकिने उपनिर्देशक रायले बताए । ‘बाँकी यूटीएलबाट भने हालसम्म फोरजी सेवाका लागि निवेदन आएको छैन,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij