शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

असोज ७ गतेदेखि मोबाइल एक्स्पो

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • काठमाडौं ।   काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारले असोज ७ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ ।

    सीटीसी मोबाइल बजारले मंगलबार पत्रकार सम्मेलन गरी नजिकिएको दशैं पर्वलाई लक्षित गरेर मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिएको छ ।

    एक्स्पोमा मोबाइलको खरिद्मा ५० प्रतिशतसम्म छुट दिइने, हरेक दिन लक्की ड्र मार्फत ६ जना अवलोकनकर्तालाई मोबाइल दिइने तथा ५ जना खरिद्कर्तालाई लक्की ड्र मार्फत मोबाइलका अतिरिक्त २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको भौचर प्रदान गरिने बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।

    उनले एक्स्पोमा स्मार्टफोन खरिद् गर्नेहरुमध्ये लक्की ड्र मार्फत बम्पर उपहारस्वरुप होण्डा हर्नेट मोटरसाइकल, टिभी, फ्रिज, भ्याकुम क्लिनर र वासिङमेसिन दिने योजना समेत समावेश गरिएको बताउनुभयो । बजारमा ८ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिएका छन् ।

    आयोजकले असोज १५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ । नेपालमा गत आर्थिक वर्ष भन्सार नाका हुँदै १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार रुपैयाँ बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट भित्रिएको सरकारी तथ्यांक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij