प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरेर सीटीसी मोबाइल एक्स्पो सुरु भएको छ । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारमा शुक्रबार सुरु भएको मोबाइल एक्स्पोको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।
एक्स्पोमा मोबाइलको खरिद्मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सीटीसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । एक्स्पोमा हरेक दिन लक्की ड्र मार्फत ६ जना अवलोकनकर्तालाई मोबाइल दिने तथा ५ जना खरिद्कर्तालाई लक्की ड्र मार्फत मोबाइलका अतिरिक्त २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्मको भौचर प्रदान गरिने व्यवस्था पनि रहेको आयोजकले बताएका छन् ।
एक्स्पोमा स्मार्टफोन खरिद् गर्नेहरुलाई लक्की ड्र मार्फत बम्पर उपहारस्वरुप होण्डा हर्नेट मोटरसाइकल, टिभी, फ्रिज, भ्याकुम क्लिनर र वासिङमेसिन दिने योजना समेत समावेश गरिएको आयोकको भनाइ छ । एक्स्पोमा ८ सयदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिएका छन् । आयोजकले असोज १५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।
एक्स्पोको उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल सेवाको विस्तारले जनजीवन धेरै सहज भएको भन्दै यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij