आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कतै तपाईंको बियरमा माछा त छैन ?

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • बियरमा माछा मिसिएको हुन्छ भन्ने बारे सायद धेरै मानिसहरुलाई थाहा नहोला । बेलायतको एक संस्थाले बियर शुद्ध हुनुपर्ने माग राखेको छ ।

    बेलायतमा रहेको एक उपभोक्ताको स्वतन्त्र संगठन ‘केम्रा’ ले मानिसहरुले शुद्ध बियर पाउनुपर्छ भन्दै आन्दोलन गर्ने गरेको छ । बियर बनाउने कम्पनीले यसमा माछाको प्रयोगको विकल्प राख्नुपर्ने माग गरेका छन् । तर प्रश्न यो छ कि आखिर बियरमा माछाको प्रयोग किन गरिन्छ ?

    यदि तपाईंमध्ये कसैले बियर के के मिलेर बनेको हुन्छ भन्ने प्रश्न सोध्दा यसको जवाफमा तपाईंले जौ, जई पानीका साथै थोरै मर्चा ।

    सायद कसैले पनि तपाईंलाई यसमा माछाको स्विम ब्लेडर पनि छ भन्दैन होला । यो ब्लेडरमा एक प्रकारको जिलेटिन हुन्छ जो वास्तवमा धेरैजसो बियरमा मिसाइन्छ र यसको प्रयोग आजकाल मात्र गरिएको होइन । यसलाई १९ औं शताब्दीदेखि प्रयोग गरिँदै आएको छ । उसले बियरलाई सफा र चम्किलो बनाउनुका साथै यसले पिउने व्यक्तिलाई निकै आकर्षित गर्दछ । सानादेखि ठूला बियर उत्पादक कम्पनीले यसको अत्यधिक प्रयोग गर्ने गर्दछ ।

    बियर उत्पादक कम्पनी टविस्टे ब्यारलले सन् २०१४ मा कम्पनी सुरुवात गरेदेखि नै यसको प्रयोग नगर्ने घोषणा गरेको थियो । कम्पनीका पूर्ण रुपमा शाकाहारी मालिक मि बोसवर्थ भन्छन्, ‘जब मलाई यसबारे पहिलो पटक थाहा भयो तब म निकै अचम्ममा परें। मलाई यो विषयमा कुरा गर्न घिन लाग्यो । ’

    ‘बियरलाई मरेको माछाले सफा गर्ने कुरा कुनै पनि बियर उत्पादक कम्पनीले स्विकार गर्दैन । यसले बियरमा पाइने विभिन्न फ्लेवरलाई पनि नष्ट गर्दछ,’ उनले बताए ।

    उनका अनुसार बियर कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण होइन । यसमा के मिसाइन्छ भन्ने कुरा ठूलो हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij