प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
काठमाडौं । नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफ कम प्रालिले दशैं, तिहार र छठ अवसर पारेर ‘वीनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले उपभोक्तालाई थप उत्साहित बनाउने उदेश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारको घोषणा गरेको हो ।
‘वीनान्जा, अब जित छ पक्का’ अफर अन्तर्गत उपभोक्ताले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्ने जनाइएको छ । हरेक साताको लक्की ड्रमार्फत लेनोभो ट्याबलेट तथा नोट बुक जित्न सक्ने पनि जनाइएको छ । यसका साथमा स्योर शट उपहार अन्तर्गत चाँदीको सिक्का, टिसर्ट, ८ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लूटूथ हेडसेट लगायतका उपहार स्क्र्रयाच कार्डद्धारा जित्न सक्ने जनाइएको छ ।
ल्यापटप उत्पादनका लागि विश्वमा ख्याति प्राप्त कम्पनी लेनोभोले स्मार्टफोन, ट्यावलेट र स्मार्ट टिभि लगायतका उच्चस्तरिय प्रविधिक उपकरणद्धारा ग्राहकलाई सेवा दिँदै आएको छ । विश्वका उत्कृष्ट स्मार्ट फोन ब्राण्डमा लेनोभो चौथो स्थानमा पर्दछ । लेनेभोका हरेक मोबाइल फोनको खदिमा १ वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij