शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपालभरका वैज्ञानिक सुर्खेतमा

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • सुर्खेत  ।  राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुर्खेतमा शनिवारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहयोग, विज्ञान तथा प्रविधि संकाय मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोग तथा वैज्ञानिक समाज नेपालको सह–आयोजनामा शनिबारदेखि सुर्खेतमा शुरु भएको हो ।

    नेपालभरका विभिन्न वैज्ञानिकहरु सहभागी सम्मेलनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्रकुमार कोइरालाले उद्घाटन गरे । विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरु समेत गरी करिव १ सय वैज्ञानिक र प्राविधिकहरुको सम्मेलनमा सहभागिता छ ।

    उनीहरुले विज्ञान प्रविधिको क्षेत्रका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनका क्रममा ३ वटा प्राविधिक सत्र संचालन गरेर ४६ वटा वैज्ञानिक र प्राविधिकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञान तथा प्रविधि संकायका डीन देब बहादुर खड्काले जानकारी दिए ।

    उनले प्राविधिक सत्रहरु विज्ञानका विभिन्न क्षेत्र सम्बन्धी प्रविधिमा केन्द्रीत हुने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अव हरेक वर्षको अन्तरालमा सम्मेलन गर्दै जाने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij