बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

फेसियलबारे जान्नै पर्ने १० कुरा

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • पभी गुरुङ स्किन प्रोफेसनल कोरियन ब्युटी क्लिनिक, बालुवाटार आजभोलि अधिकांशले फेसियल गरेकै हुन्छन् । ब्युटी क्लिनिक गएर या घरमै प्याक बनाएर पनि फेसियल गर्छन् ।तर, कतिपयको गुनासो हुन्छ– फेसियलले झनै स्किन बिग्रियो । के फेसियलले स्किन बिगारिदिन्छ ? फेसियल गर्दा गल्ती भए कस्ता असर निम्तिन सक्छन् ? फेसियल गर्नुअघि के–के कुरामा स्पष्ट हुन आवश्यक छ ? कसरी गर्ने सही फेसियल ? स्किन प्रोफेसनल पभी गुरुङले १० बुँदामा जिज्ञासाका जवाफ दिएकी छिन् :

    १. फेसियल स्किन (छाला) सफा गर्ने एउटा विधि हो । तर, फेसियल गर्दैमा फाइदा हुन्छ भन्ने सोचाइ भ्रम हो । विधि पु-याएर नगरिएको फेसियलले छाला झनै बिगारिदिन्छ । स्किनको लाइनिङअनुसार फेसियल गर्न जान्नुपर्छ । सबैको स्किनको लाइनिङ एकै प्रकारको हुँदैन । त्यसैले अरूले भनेको र देखेको आधारमा फेसियल गर्ने गल्ती नगर्नुहोला । विज्ञसँग आफ्नो छालाको प्रकृति जाँच गराएर फेसियलको तरिका सिकेपछि मात्रै आफूले घरमै फलो गर्न भने सकिन्छ ।

    २. अधिकांशमा एउटा ट्रेन्ड देखिन्छ– देखासिकीकै भरमा घरमै विभिन्न प्याक लगाउने । काँक्रा, गोलभेँडा, कागती, लसुन, हनीलगायतले स्किन सफा गर्ने तथा उपचार गर्ने गरेको पाइन्छ । तर, हचुवाका भरमा घरेलु प्याक पनि प्रयोग गर्नु राम्रो होइन । स्किनसँग मेल नखाने होमप्याकले छालामा असर गर्ने खतरा रहन्छ । सबैको स्किन एकै प्रकारको हुँदैन । आयली, कडा, नरम र डन्डिफोर आएकालाई फरक–फरक प्याक चाहिन्छ । जस्तैः डन्डिफोर आएको स्किनमा हनीप्याक लगायो भने झनै डन्डिफोर आउँछ । यस्तै ड्राई स्किन भएकाहरूले लेमन लगायो भने झन् ड्राई हुन्छ । स्ट्रङ स्किनमा असर कम गरे पनि सेन्सेटिभ स्किनमा तुरुन्तै असर देखाउँछ । प्रोडक्टहरू पनि मुख र आँखामा पर्दा पनि असर नगर्ने खालको प्रयोग गर्नुपर्छ ।

    ३. कसैको छालामा हनीप्याकले फाइदा गर्छ भने पनि त्यत्तिकै लगाउनु राम्रो होइन । मह सीधै लगाउँदा स्किनमा असर गर्छ । रिफाइन गरिएको मह लगाउनुपर्छ । अझ मह र रेडवाइन मिसाएर लगाउनु उपयुक्त हुन्छ । लगाउने तरिकामा पनि सजग हुनुपर्छ । पहिले फेसमा क्लज (पातलो कटन) ओछ्याएर हनी–रेडवाइन प्याक लगाउँदा राम्रो हुन्छ । क्लजले अलिकति भए पनि फिल्टर गर्छ ।

    ४. फेसियल गर्नु भनेको फेसमा  तेल र पानीको ब्यालेन्स मिलाउनु हो । नेचुरल मोस्चराइजर फ्याक्टर र हाइड्रेटको मात्रा मिलाउने हो । तर, मात्रा मिलेन भने स्किनका ७५ प्रतिशत सेल उडेर जान्छन् । त्यसैले क्लिन्जिङ गरेपछि कहिल्यै पनि खाली स्किनमा प्याक लगाउनुहुँदैन । किनभने, यो अवस्थामा स्किनका प्वाल खुलिरहेका हुन्छन् ।

    ५. क्लिन्जिङ गरेर अनुहार पुछेपछि छालाले पोषण मागिरहेको हुन्छ । त्यतिवेला हामीले पोषण दिनुपर्ने हुन्छ । सीधै फेसप्याक लगाउनुहुँदैन । प्वाल खुलिरहेका अवस्थामा सीधै कागती, गोलभेँडाजस्ता घरेलु आइटम स्किनमा दल्नु पनि हुँदैन । यसो गरेमा झन् असर गर्छ ।

    ६. स्किनमा केही प्रोसस सकेर मात्रै फेसियल गर्नुपर्छ । क्लिन्जिङ गरेको स्किनमा टोनिक र मोस्चराइजर प्रयोग गरेपछि भिटामिन इम्प्रुभ हुन्छ । टोनिकमा हाइड्रेटको ब्यालेन्स पाइन्छ भने मोस्चराइजरले नेचुरल मोस्चराइजर फ्याक्टरको ब्यालेन्स मिलाउ“छ । यसपछि डिप लगाउनुपर्छ । डिपले स्किनको प्वालभित्रका टक्सहरू बाहिर फाल्छ । टक्सहरू फालेपछि स्किन पुछेर फेरि भिटामिन इम्प्रुभ गरेर मात्रै प्याक लगाउनुपर्छ ।

    ७. डिप गरेपछि मसाज गर्न सकिन्छ । मसाजले स्किनको ब्लड सर्कुलेसन राम्रो गराउने, छु“दा थाहा पाउने सेन्सलाई स्मुथ बनाउने, स्किनका सेल्सलाई एक्टिभ गराउने काम गर्छ । स्किनको लाइन मिलाउने काम पनि मसाजले गर्छ । तर, गल्ती मुभमेन्ट भयो भने स्किन बिग्रिन्छ ।

    ८. फेसियल गरेपछि झनै स्किन बिग्रियो भन्ने गुनासो धेरैले गरिरहेका हुन्छन् । स्किनको लाइनिङअनुसार फेसियल नभएको अवस्थामा यो समस्या निम्तिन्छ । लाइनिङ मिलाउँदा यस्तो कुनै समस्या हुँदैन । व्यक्तिको इच्छाअनुसार होइन, व्यक्तिको स्किनअनुसार फेसियल या ट्रिटमेन्ट गर्दा समस्या हुँदैन । प्रोडक्ट सही प्रयोग नगर्दा पनि स्किन बिग्रिन सक्छ । फेसियल प्रोडक्ट जहिले पनि निल्दा या आँखामा पर्दा पनि स्वास्थ्यमा कुनै असर नगर्ने खालको प्रयोग गर्नुपर्छ ।

    ९. फेसियल गरेपछि स्किन तनक–तनक तन्किएजस्तो महसुस हुन्छ भने फेसियल गर्दा गल्ती भयो भनेर बुझे हुन्छ । केवल स्किनका प्वालका डेडसेल मात्रै फालेको फेसियलमा यस्तो हुन्छ । यो अवस्थामा स्किन सफा त हुन्छ, तर भिटामिन इम्प्रुभ नगर्दा नकारात्मक असर पार्छ । स्किन तन्किने महसुस हुने भनेको पानी र तेलको ब्यालेन्स नमिलेर नै हो । जस्तैः साबुनले मुख धुँदा स्किन तन्केकोजस्तो महसुस हुनु भनेको छालाले पोषण मागेर हो । यो अवस्थामा टोनर वा मोस्चराइजर लगाइदियो भने राहत मिल्छ ।

    १०. दिनैपिच्छे फेसियल गर्नु राम्रो होइन । हाम्रो स्किनमा मोस्चराइजर उत्पादन भइरहेको हुन्छ । फेसियल धेरै गर्दा प्राकृतिक मोस्चराइजर फालिन्छ । स्किनको साइनिङ लस हुन सक्छ । त्यसैले हप्ताको एक–दुईपटक फेसियल गर्दा पर्याप्त पुग्छ । त्यसो त फेसियल नगर्दा पनि स्किन बिग्रिन्छ । उमेर बढ्दै जाँदा स्किन बाक्लो हुनु स्किनको प्वालभित्र टक्सहरू जम्मा भएका कारणले हो । यस्ता टक्सहरू फेसियल गरेर हटाउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij