दाङ । चाडपर्व नजिकिँदै गर्दा अपराधिक कृयाकलाप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले विशेष सुरक्षा योजना लागू गरेको छ । जसका लागि अञ्चल प्रहरी कार्यालय गुल्म राप्तीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा २० जनाको प्रहरी टोली पठाएको छ ।
दशै तिहारमा पश्चिम दाङमा चोरी, डकैती लुटपाट तथा अवाञ्छीत कृयाकलाप हुन सक्ने भन्दै थप प्रहरी बल मगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिएका छन् ।
प्रहरी टोलीलाई तुलसीपुरमा रहेका बैंक तथा वित्तिय सस्था , सुनचाँदी पसलमा खटाइएको छ । लाखौको कारोबार हुने वैंक र सुनचाँदीका पसलमा संभावित चोरीलाई रोक्न प्रहरीले विशेष निगरानी गरिरहेको छ । त्यसैगरी विगतमा यात्रुवाहक सवारी साधन लुटिने स्थान, दाङ सल्यान रुकुम सडक खण्डको साततले, अमिलिया तुलसीपुर सडक खण्डको एक्लेदमार, हाइवय सडक लगएतका स्थानमा प्रहरी गस्ती बढाइको छ ।
रोजगारीका लागि छिमेकी मुलूक भारत सहित स्वदेशका विभिन्न ठाउँमा पुगेका नेपालीहरु घरफर्कीने क्रममा विच बाटोमै बढी लुटपाटमा पर्ने सम्भावना भएको भन्दै संभावित खतरा भएका स्थानमा प्रहरी गस्ती बढाइको निमित्त प्रमुख रोकाले बताए । रोकाका अनुसार चाडवाडको समयमा बजारमा सर्वसाधारण नागरिकहरुको चलहपहल पनि बढ्ने भएकाले पेट्रोलीङगस्ती, तथा सादापोशाकमा पनि प्रहरी परिचालन गरिएको बताइएको छ ।
प्रहरीनायब उपरिक्षकको कमान्डमा करिब करिब ९० जनाको प्रहरी टोली रहेको इलाकामा थप प्रहरी बल मगाए पछि शान्ति सुरक्षाम सहयोग पुग्ने नागरिकले अपेक्षा गरेका छन् । त्यसैगरी प्रहरीले जुवातसलाई पनि अहिलेको चाडपर्वमा निश्तेज पार्ने दाबी गरेको छ ।