शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्मार्टफोनको ब्याट्री सिध्याउने ७ एप

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • स्मार्टफोनको सबैभन्दा ठूलो समस्या भनेको यसको ब्याट्रीको आयु हो । ब्याट्रीको आयु कम गर्नुमा फोनमा रहेका धेरै एप्लिकेसन (एप) ले पनि ठूलो हुन्छ । स्मार्टफोनमा यस्ता धेरै एपहरु हुन्छन् जसले चाँडै फोनको ब्याट्रीको चार्ज सिध्याइरहेका हुन्छन् । यदी तपाइँको फोनमा पनि त्यस्तै एपहरु छन् भने त्यसलाई हटाइहाल्नुहोस्ः

    mobile-apps
    १. क्लिनिङ एप

    विभिन्न क्लिनिङ एपले स्मार्टफोनको जंक फाइल र क्यास फाइल क्लियर गरेर फोनको कार्यक्षमता बढाउने दाबी गर्छन् । तर, यो साँचो होइन । फोनको क्यास्ड डाटा सफा गर्न सेटिङभित्र रहेको स्टोरेजमा रहेको क्लियर क्यास्ड डाटा अपसनमा गएरै पनि गर्न सकिन्छ । यस्ता एपले फोनको ब्याट्रीको चार्ज भने नस्ट गरिरहेका हुन्छन् ।

    २. एन्टीभाइरस एप
    worstapps_1_1474873600एनटीभाइरस एप डाउलोड गर्दा फोनको कन्फिगरेसनलाई ध्यान दिनुपर्छ । नत्र यसले फोनको पर्फमेन्सलाई असर गर्नका साथै ब्याट्रीको आयु पनि कम गरिरहेको हुन्छ । पछिल्लो समय स्मार्टफोनमै त्यस्ता एन्टी मालवेर सफ्टवेयरहरु राखिएका हुन्छन् । त्यस्तो अवस्थामा एन्टीभाइरस एप आवश्यक हुँदैन ।

    ३. स्न्याप च्याट
    snapchat
    स्न्याप च्याट एपले फोनको ब्याट्री चाँडो मात्र सक्दैन यसले फोनको धेरै मेमोरी पनि खान्छ । स्न्याप च्याटको असर हेर्न सेटिङमा गएर मोबाइल डाटामा हेर्न सकिनेछ ।

    ४. वेदर एप
    unnamedमौसमको जानकारी दिने एप लगातार अपडेट भइरहेका हुन्छन् । यसले गर्दा यो एपले पनि धेरै ब्याट्री खाने गर्छ । मौसमको बारे जानकारी लिन ओके गुगल प्रयोग गर्न सकिन्छ ।

    ५. फेसबुक एप
    worstapps_4_1474873606फेसबुक एप नचलाइरहँदा पनि यसले ब्याट्री भने सकिरहेको हुन्छ । यसमा दिनभर नोटिफिकेसन अपडेट हुन्छ । यसले ब्याट्री चाँडै डिस्चार्ज हुन्छ । फेसबुकको साटो ब्राउजरबाट फेसबुक लगइन गरे, यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    ६. एमेजन सपिङ एप
    worstapps_5_1474873606अन्य एपको तुलनामा एमेजनको सपिङ एपले धेरै ब्याट्री खान्छ । यसको कारण यसलाई एन्ड्रोएड अपरेटिङ सिस्टममा अप्टिमाइज नगरेर हुनसक्छ । यसलाई पनि एपको साटो ब्राउजरबाट प्रयोग गर्न सकिन्छ ।

    ७. आउटलुक
    worstapps_6_1474873606स्मार्टफोनको ब्याट्री चाँडो सक्ने एपमा आउटलुक पनि पर्छ । तपाइँले यसमा इमेल चेक नगरे पनि यो लगातार सिंक भइरहेको हुन्छ । यसको सिंकिङ प्रोसेसले धेरै ब्याट्री सिध्याउँछ । यसको साटो एन्ड्रोएडको डिफल्ट जिमेल एप चलाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij