प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
काठमाडौं । माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन ‘क्यु४६२’ क्यानभास ५ लाइट सार्वजनिक गरेको छ । बजारमा उपलब्ध अरु स्मार्टफोन भन्दा उत्कृष्ट रहेको यो फोनमा बिशेष किसिमको प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।
यसमा १६ जीवी याम, ५ इन्चको डिस्प्ले र २ हजार एमएच व्याट्री रहेको जनाइएको छ । यसमा ८ मेगाफिक्चल हाई रेजुलेसन अटोफोर्स रियर क्यामरा र ८ मेगाफिक्चलकै फन्ट क्यामरा रहेको छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिङ सिस्टममा आधारित छ ।
२ जीवी याम, १६ जीवी रोम रहेको यो फोन नेपाली बजारममा १२ हजार एक सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij