शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यामाहाको ‘टेक्नो ट्रिप टु टोकियो’का बिजेता घोषित

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौ  ।   यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक बिजेताको नाम घोषणा गरेको छ । यो योजनामा बिर्तामोडका अरुण फुयाल चौथो बिजेता घोषित भएका हुन् ।

    उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए । यामाहाको दसैं स्किमका पहिलो बिजेता ललितपुरका पुकार शर्मा हुन् । उनले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । उनीपछि भक्तपुरका रवि भोमी र पर्साका आशिष भुजेल क्रमशः दोस्रो र तेस्रो साताका बिजेता घोषित भए । भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए ।

    एमएडब्लुले दशैंको सुखद अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो । यस अन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ ।

    यामाहाको दशैं योजनाबाट ग्राहक उत्साहित भएको र योजना तिहारसम्म जारी रहन जनाइएको छ । ‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने मौका पाउनेछन् ।

    एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ ।

    यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij