प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
एजेन्सी । बलिउड अभिनेताहरूको फ्यान फलोइङ साँच्चिकै लोभलाग्दो छ । ठूलो फ्यान फलोइङ भएकाले नै हुनुपर्छ, उनीहरूका केही कुरा पनि लामो समय गोप्य रहन पनि सक्दैन ।
एउटा अभिनेता कहाँ छ र के गरिरहेको छ भन्नेमा भारतीय प्रशंसकले राम्रै ध्यान दिन्छन् । यही भएर हुन सक्छ, मनालीमा फिल्म सुटिङ गरिरहेका सलमान खान बारम्बार चर्चामा पनि आइरहेका छन् ।
अहिले सलमान खान कबिर खानको फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि मनाली पुगेका छन् । त्यहाँ उनको फिल्मको सुटिङ त चलिरहेको छ, तर सलमान फुर्सदमा घुम्न पनि निस्किएका छन् ।
त्यो पनि बाइकमा । सलमानको एउटा यस्तै फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी बुलेट बाइकमा मनालीको सडकमा देखिएका छन् । यो फोटो प्रशंसकले खिचेको हुन सक्ने धेरैले अनुमान लगाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij