आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मकाउबाट खेलकुद सामग्री सहयोग

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • मेलम्ची  ।    नेपाली खेल क्षेत्रको विकासका लागि मकाउमा बस्ने नेपाली तेक्वान्दो खेलाडीले आर्थिक सङ्कलन गरी तेक्वान्दो खेलकुद सामग्री सहयोग गरेका छन् । दुई लाख रुपैयाँ बराबरको तेक्वान्दो खेलकुद सामग्री खरिद गरी उनीहरुले खाडीचौर तेक्वान्दो डोजाङलाई सहयोग गरेका हुन् ।

    नेपाल तेक्वान्दो सङ्घका प्रमुख प्रशिक्षक ध्रुव गुरुङ र वरिष्ठ तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलले संयुक्तरुपमा बुधबार उक्त खेलकुद सामग्री खाडीचौर तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक प्रेम भण्डारीलाई वितरण गरेका हुन् । चार थान फक्स् प्याड, नौ थान हेड गार्ड, नौ थान ग्रोइङ गार्ड, नौ थान चेस्ट कभर, नौ थान ह्याण्ड ग्लोब्स, १२ जोर ट्र्याक सुट र २० थान किकिङ प्याड, वितरण गरिएको हो ।

    वरिष्ठ तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलको समन्वयमा वितरण गरिएको खेलकुद सामग्रीले तेक्वान्दो खेल विकास र खेलाडीको खेल मनोबल बढेको कार्यक्रममा उपस्थित पिपलडाडाँका डोजाङका डोजाङ प्रमुख सुशील भुजेलले बताए । खेलकुद सामग्री वितरण गर्दै ध्रुव गुरुङले भने,, “मकाउमा रहेर पनि नेपालको तेक्वान्दो खेल विकासको निम्ती खेलाडीले जुन सहयोग गरे यो एकदमै अर्थपूर्ण र सराहनीय काम हो । यसलाई नेपालको सबै तेक्वान्दो खेलाडी र खेलप्रेमीले सम्मान गर्नुपर्छ ।

    पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति अन्य विधाका खेलाडीको पनि आकर्षण बढ्दो छ । हाल जिल्लामा नौवटा तेक्वान्दो डोजाङमा करिब तीनसय खेलाडी प्रशिक्षणरत रहेको खाडीचौर तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक प्रेम भण्डारीले बताउ ।

    खाडीचौर डोजाङका लागि भनी तोकेर सहयोग गरिएको सो खेलकुद सामग्री खाडीचौर डोजाङको मातहतमा रहेका बाह्रबिसे तेक्वान्दो डोजाङ, सुकुटे तेक्वान्दो डोजाङ, यमुनाडाँडा, धार्पा, मानेश्वारा, पिपलडाँडा लगायतको डोजाङलाई पनि वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij