मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हरेक वर्ष ८ हजार किमी पौडी खेलेर आफ्नो विशेष साथीलाई भेट्न आउँछ यो पेन्ग्विन

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • यदि कसैका कारण तपाईंको जीवन बचेको छ भने ती व्यक्तिको उपकार तपाईंले जिन्दगीभर पनि बिर्सनुहुन्न । यस्तो सोच मानिसहरुमा मात्र नभई जनावरमा पनि पाइएको छ । यदि विश्वास लाग्दैन भने यो पेन्ग्विनलाई हेर्नुहोस् जो हरेक वर्ष ८ हजार किलोमिटर यात्रा गरेर ती व्यक्तिलाई भेट्न आउँछ जसले सन् २०११ मा उसको ज्यान बचाएका थिए ।

    Brazilian man and his penguin credit Rio de Janeiro Federal University

    ५ वर्ष पहिले ब्राजिलका माझी जोआ पेरिरा डि सुजा, ७१, ले एक सानो पेन्ग्विनलाई मर्न लागेको अवस्थामा भेटेका थिए । शरिरभरी तेल लागेको र मृत्युको नजिक पुगेको यो पेन्ग्विनलाई ढुङ्गामा सुतिरहेको अवस्थामा स्थानीय समुन्द्रको तटमा भेटेका थिए ।

    ad199230264a-penguin-calledजाओले तत्काल पेन्ग्विनको प्वाँखबाट सारा तेल सफा गरिदिए र ताकतका लागि उनलाई दैनिक माछाको खुवाए । त्यसपछि उनले नै त्यो पेन्ग्विनको नाम राखिदिए, डिन्डिम ।

    ad199230273a-penguin-calledउनी भन्छन्, भेटेको एक वर्षपछि उनले त्यो पेन्ग्विलाई समुन्द्रमा छोड्न प्रयत्न गरे । तर, त्यो जान मानेन । ‘त्यो पेन्ग्विन मसँग ११ महिना बस्यो । शरिरमा नयाँ प्वाँख पलाएपछि त्यो बेपत्ता भयो,’ जोआले सम्झिए ।

    मेट्रो डट कम का अनुसार त्यसको एक वर्षपछि डिन्डिम फर्कियो । समुन्द्रको तटमा आफ्नो ज्यान बचाउने माझीलाई देखेपछि उनलाई घरैसम्म पछ्यायो ।

    ad199246948dmvidpics-2016-0विगत पाँच वर्षदेखि वर्षको आठ महिना डिन्डिमले जोआसँग समय बिताउने गर्दछ । आफ्नो ज्यान बचाउने व्यक्तिसँग पुर्नमिलनका लागि डिन्डिमले ८ हजार किलोमिटरको यात्रा गर्ने गरेको विश्वास गरिन्छ ।

    ‘मलाई यो पेन्ग्विन मेरो आफ्नै सन्तान जस्तो लाग्छ । मलाई यसको औधी माया लाग्छ र यसले पनि मलाई उत्तिकै माया गर्छ भन्ने मलाई विश्वास छ,’ जोआले ग्लोबो टिभीलाई बताए । ‘यसलाई कसैले पनि छोएको मन पर्दैन । कसैले छोएमा यसले ठुङ्छ । तर यो मेरो काखमा बस्छ, मैले नुहाइदिदा, ख्वाउँदा र बोक्दा निकै आनन्द मान्छ र चुप लागेर बस्छ ।’

    27-dindim‘सबैले मलाई यो अब फर्केर आउँदैन भन्छन् तर विगत पाँच वर्षदेखि यो नियमित आइरहेको छ । यो प्रत्येक वर्ष जुनमा यहाँ आउँछ र फेब्रुअरीमा आफ्नो घर फर्कन्छ । र प्रत्येक वर्ष यसले मलाई निकै माया गर्छ र मलाई भेट्दा असाध्यै खुसी भएको जस्तो देखिन्छ ।’

    ग्लोबो टिभीका लागि अन्र्तवार्ता लिने जीव वैज्ञानिक प्राध्यापक क्रजिविस्किले इन्डिपेन्डेन्टलाई बताए, ‘मैले यस्तो घटना पहिले कहिले पनि देखेको थिइनँ । जोआले पनि पेन्ग्विनलाई आफ्नो घरको सदस्यको रुपमा हेर्छन् र सायद पेन्ग्विनले पनि ।’ ‘जब पेन्ग्विनले जोआलाई भेट्छ तब कुकुर निकै रमाएको बेलाजस्तै यसले मज्जाले पुच्छर हल्लाउँछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij