प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
काठमाडौं । आन्तरिक उडानको वायुसेवा कम्पनी बुद्व एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँग भएका प्रकृतिकै जहाजको मर्मत सुरु गरेको छ ।
बुद्व एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नो मेन्टेनेन्स ह्याङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटीआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ । ‘हामीले केही वायुसेवालाई सेवा दिइसकेका छौं भने केही आउने तयारीमा छन्,’ खरेलले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij