प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
म्यान्चेस्टर । युक्रेनको जोर्या लुहान्सलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जीत दर्ता गरेको छ ।
ज्लाटान इब्राहिमोविचले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए । खेल अवधिभर खेलमा नियन्त्रण राखे पनि त्यो नै युनाइटेडको विपक्षीको गोलपोष्टमा पहिलो आक्रमण थियो । युनाइटेडले ७० प्रतिशत बललाई नियन्त्रमा राखेको थियो तर जोर्याले पनि उत्कृष्ट रक्षात्मक खेलको प्रदर्शन गरेको थियो ।
इब्राहिमोविचको पछिल्लो पाँच खेलमा गरेको यो पहिलो गोल थियो । पेरिस सेन्ट जर्मेनबाट युनाइटेड आएपछि इब्राहिमोविचको यो छैटौं गोल हो ।
युनाइटेड पहिलो खेलमा फेयेनुर्डसँग १–० ले पराजित भएको थियो ।
अन्तय खेलमा इटालियन क्लब इन्टर मिलान स्पार्टा प्रागसँग ३–१ ले पराजित भयो ।
त्यस्तै, स्पेनिस क्लब भिल्लेरियाल बराबरीमा रोकिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij