मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गाउँका स्वास्थ्यचौकीमै मिर्गाैला परीक्षण गर्ने तयारी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौँ । सरकारले अब गाउँका स्वास्थ्यचौकीमा नै मिर्गाैलामा खराबी भए/नभएको पत्ता लगाउन सकिने व्यवस्था गर्ने तयारी गरेको छ ।

    मिर्गाैला खराब भए/नभएको पत्ता लगाउन प्रयोग गरिने ‘डिपिस्टिक किट’ (औषधि उपकरणको पोका) देशभरका सबै स्वास्थ्यचौकीमै उपलब्ध गराइएपछि सो सेवा उपलब्ध हुने भएको हो । स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्थापन विभागले मनाङ बाहेक ७४ जिल्लाका सबै स्वास्थ्यचौकीमा पहिलो चरणमा २० लाख किट पठाइसकेकोे छ ।

    महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले मनाङमा बाटाको समस्याका कारण कीट पठाउन नसकिएको बताउँदै एक सातामै त्यहाँ किट पठाउने जानकारी दिए । क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत गरी १३३ स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा पठाउने बताइएको छ ।

    निर्देशक तिनकरीले २० मिलिलिटर पिसाबले किट भिजाएपछि देखिने किटको रङका आधारमा मिर्गाैलाका अवस्थाका बारेमा थाहा पाउन सकिने बताए  । परीक्षणमा पहिलो पल्ट कुनै खराबी नदेखिएमा एक वर्षपछि पुनःअर्को परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

    मन्त्रालयले यसै वर्ष विद्यालयमा स्वास्थ्यकर्मीसहित किट पठाएर विद्यार्थीको मिर्गौला परीक्षण गर्ने तयारी समेत गरेको छ । मन्त्रालयले सबै ठाउँमा पायक पर्ने स्वास्थ्य संस्थामा गई आफ्नो मिर्गाैला जाँच गरी सेवा लिन सबैमा आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij