आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संस्कृति साटासाट

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • तिहारको समय कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट आएका युवाले लमजुङका गाउँगाउँमा संस्कृति साटासाट गरेका छन् ।

    कलाकारसहितको टोलीले गाउँगाउँमा आएर गुरुङ भाषा, कला र संस्कार संस्कृतिसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरी टोली कास्की फर्केको छ । भाषा, संस्कार, संस्कृति लोप हुँदै गएपछि गाउँगाउँबाट सचेतना जगाउन संस्कृति आदानप्रदानमा जुटेको सिक्लेस युवा क्लबका अध्यक्ष देवीजंग गुरुङले बताए ।

    करिब ३० जनाको युवा टोलीले लमजुङको पश्चिमउत्तर क्षेत्रमा पर्ने ग्रामीण भेकका गुरुङ गाउँमा सांस्कृतिक आदानप्रदान कार्यक्रम सञ्चालन गरेको हो । ‘हामीसँग भएका कला, संस्कृति र भाषालाई जोगाउने र यसको प्रचारप्रसार गर्ने हाम्रो अभियान हो,’ उनले भने, ‘यात्राका क्रममा हामीसँग भएका विभिन्न कला, संस्कृति देखायौं । भाषा, धर्म र संस्कृतिबारे प्रचारप्रसार गर्‍यौं र यहाँबारे पनि बुझ्ने मौका पायौं ।’ तिहारको समय प्राय: युवाहरू गाउँ फर्किने भएकाले अभियान चलाएको उनले बताए ।

    कात्तिक २ गतेबाट सदरमुकाम बेंसीसहरदेखि सुरु भएको अभियान सार्क भिलेज घलेगाउँ, गुरुङ जातिको उद्गम गाउँ घनपोखरा, एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ, पसगाउँ हुँदै सिङी पुगेर टुंग्याइएको क्लबका सचिव देवीजंग गुरुङले बताए । लमजुङको अभियान टुंग्याइए पनि कास्कीको नागिधारलगायत गाउँमा अभियान सञ्चालन गरिने उनले बताए ।

    कास्कीको सिक्लेस, ताङतिङ र लमजुङको भुजुङ, पसगाउँलगायत दक्षिण–पश्चिमी भेकको ग्रामीण क्षेत्रमा सदियौंदेखि सोलीडोली चलिरहेको छ । गुरुङ चलचित्रकी अभिनेत्री धनमाया गुरुङका अनुसार यात्राका क्रममा गाउँगाउँमा पुगेर हरेक साँझ सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij