शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एप्पलले कहिल्यै नसोचिएको विशेषतासहित सार्वजनिक गर्यो नयाँ ल्यापटप

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • सधैंजस्तै एप्पलले अरुभन्दा भिन्न र अघि बढेर एउटा यस्तो प्रविधि सार्वजनिक गरेको छ जसका बारे सायद कसैले पनि सोच्नुभएको छैन होला । एप्पलले नयाँ म्याकबुक प्रो २०१६ लञ्च गरेको छ । पहिले नै टचस्क्रिन भएको एप्पलको ल्यापटपको नयाँ संस्करणमा किबोर्डलाई पूर्ण रुपमा परिवर्तन गरिएको छ अर्थात् किबोर्डमाथि एउटा रेटिना डिस्प्ले छ जसमा फंक्सन कीज दिइएको छ ।

    किप्याडमाथि ओएलईडी डिस्प्ले भएको टचबारः
    एप्पलले निकै वषैपछि नयाँ म्याकबुकमा धेरै परिवर्तन ल्याएको छ । कम्पनीले यसपटक किबोर्डमाथि एक टचबार दिएको छ जसमा म्याकको फंक्सन कीज दिइएको छ । यहाँ मल्टिटच स्क्रिन राखिएको छ जसले जेस्चर (इशारा) र ट्याप ‘छुवाई’ बिचको फरक छुट्याउन सक्षम हुनेछ । उदाहरणको लागि जब तपाईं फोटोमा क्लिक गर्नुहुन्छ तब किबोर्डको डिस्प्लेमा इडिटिङ टुल्स देखिनेछ जसमा क्रपिङ, भिडियो इडिटिङजस्ता अप्सनहरु दिइएका हुन्छन् । यो स्क्रिनमार्फत तपाईं यसलाई स्वाइप गरेर प्रयोग गर्न सक्नुहुन्छ । यतिमात्र होइन, प्रयोगकर्ताले यसलाई आफ्नो हिसाबले कस्टमाइज्ड पनि गर्न सक्छन् । यसका साथसाथै, यसमा आफूलाई आवश्यक पर्ने र चाहेको फंक्सन पनि जोड्न सक्नुहुन्छ ।

    नयाँ टच आइडीयुक्त छ नयाँ म्याकबुकः
    सुरक्षाका लागि म्याकबुक प्रो २०१६ को यो टच बारमा कम्पनीले नयाँ टच आइडी पनि दिएको छ जसका लागि म्याकबुकमा कम्पनीले एप्पल टीवान चिप लगाएको छ । यसलाई खोल्नका लागि तपाईंले औंलाका छापलाई टचबारमा स्क्यान गर्नुपर्ने हुन्छ । त्यस्तै सीरीका लागि भिन्न बटन दिइएको हुन्छ ।

    एकदम नयाँ डिजाइनः
    यसमा एकदम नयाँ डिजाइन दिइएको छ जसको चारैतर्फ एल्मुनियम र धातु लगाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका म्याकबुक हो । यो १३ र १५ इन्चको दुई प्रकारमा सार्वजनिक भएको छ भने यो सिल्भर र खैरो गरी दुई रङमा उपलब्ध छन् ।

    निकै बलियो हार्डवेयरः
    यो नयाँ ल्यापटपमा इन्टेलाको कोर आई फाइभ र आई सेभेन प्रोसेसर राखिएको छ । तातो हुने समस्याबाट बचाउनका लागि यसमा थर्मल आर्किटेक्चर राखिएको छ । यसमा २ टेराबाइटको हार्ड डिस्क दिइएको छ । १३ इन्चको मोडलमा ८ जीबी र १५ इन्चको मोडलमा १६ जीबी र्याम दिइएको छ । यसमा दिइएको ग्राफिक्स कार्डलाई ४ जीबीसम्म बढाउन सकिन्छ । यसमा हेडफोन ज्याक दिइएको छ । कम्पनीले यसमा युएसबी टाइप सी लगाएको छ । यसका साथै यसमा तीन ठन्डरबोल्ड ३ पोट्र्स हो जसमा यसलाई चार्ज गर्न सकिन्छ । यसमा डिस्प्ले पोर्च र एचडीएमआई पोर्ट पनि छ । कम्पनीका अनुसार म्याकबुक प्रोले १० घण्टासम्मको ब्याट्रि ब्याकअप दिनेछ ।

    मूल्यः
    एप्पल म्याकबुक प्रो २०१६ को सुरुवाती मूल्य १ हजार ४ सय ९९ डलर हो । टचबार भएको १३ इन्चको म्याकबुक प्रोको मूल्य १,७९९ डलर हो भने १५ इन्चको मूल्य २,३९९ डलर हो । टचबार बिनाको म्याकबुक चाँडै नै बजारमा उपलब्ध हुनेछ भने टचबार युक्त म्याकबुक प्रो लगभग एक महिना पछि पाइनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij