मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी ४ बर्षे बालकको दुःख : आमाले दोस्रो विहे गरिन्, बाबु गुमाए

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • जाजरकोट । एउटा चार बर्षको बालक । जो अस्पतालमा उपचारका लागि भर्ना भएको छ । तर, उपचार गर्ने पैसा छैन । यी बालको दुख यति मात्र होइन, उनलाई हुर्काउने पर्ने दायित्व राख्ने बुबा–आमा नै छैनन् । बुवाको विरामी परेर मृत्य भयो, आमा चाहिँ दोस्रो विहे गरेर हिँडिन् ।

    जाजरकोट खगेनकोट–९ मंसीरीका ४ बर्षीय सविन केसीको आर्थिक अभावले उपचार हुँन सकेको छैन् । आमा गीता केसीले दोस्रो विहे गइन् । वावु जनक खत्री ५ वर्ष पहिले भारतमा मजदुरी गदै गर्दा मृत्यू भएको थियो । वालकलाई उपचार गर्न मुस्किल भएको हो । मावलीले हेरचार गरेका छन् । तर, मावलीको पनि आर्थिक अबस्था राम्रो छैन ।

    पाँच दिन अघि मंसीरी घरमा भैसीले टेकेर खुट्टा भाँचिएका वालक सविन केसी अहिले कोहलपुरस्थित अस्पतालमा छन् । तर, आर्थिक अभावले उपचार हुन सकेको छैन ।

    वालकको वावुको स्थायी घर सक्ला–१ लैखममा छ । लैखममा रहेको काकाहरुले समेत वच्चाको वेवास्ता गदै आएका छन् ।

    आमाले नायकवाडा गाविसको जिरीमा भण्डारी थरका व्यक्तिीसंग दुई वर्ष अघि विहे गरेर गएकी हुन् । वालक सविन माउली घर खगेनकोट– ९ मंसीरीमा वस्दै आएका थिए । मावलीले ऋण खोजेर अस्पतालसम्म ल्याएका हुन् ।

    वालकलाई खाना खुवाउनको लागि आवश्यक पर्ने रकम नै नभएको मावली सुरेश पुनले बताए । मामा पुनले भान्जको जीवन वचाउन सहयोगको याचना गरे । ‘सवैको घरमा तिहार आएपनि मेरो घरमा भने भान्जको चिन्ताले केही नआएझै भएको छ’ सुरेशले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij