प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
काठमाडौँ । अग्नि इन्कर्पोरेटले कम्पनीले महिन्द्राको बिगपावर र बीग कम्फर्टेबल क्यबिन सहितको बीग वोलेरो पिकअफ नेपाली बजारमा ल्याएको छ । तिहारको अवसर पारेर नेपाली बाटोमा सहज र सरल रुपमा गुडाउन सकिने बीग कार्गो बक्स ल्याएको हो ।
यस्तै कम्पनीले पिक–अप ग्राहकक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा ‘उदय’ योजना समेत सञ्चालन गरिरहेको छ । यो योजनामा ग्रहकहरु सर्भिसिङ र अन्य सेवाबाट लाभान्वित भएका छन् ।
महिन्द्राले ल्याएको यस योजनामा सहभागी ग्राहकका लागि सदस्यता कार्ड प्रदान गरिएको छ र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकले अग्नि डिलरबाट विभिन्न सुविधाको लाभ प्राप्त गर्दै आएका छन् ।
उदय योजनाले मुख्य गरी २ लाखको निःशुल्क दुर्घटना जीवन बीमा लगायतको सुविधा दिने जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij