आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वी नेपालमा पनि पटाका पड्काउनेलाई प्रहरीले नछाड्ने

  • प्रकाशित मिति : आइतवार, कार्तिक १४, २०७३



  • इटहरी । पूर्वमा यस अघिका बर्षको अनुपातमा इटहरीमा ठुलो परिमाणमा पटाका तथा आतिस बाजी प्रहरीले बरामद गर्न सफल भयो । सुनसरी, सप्तरी, झापा, मोरङ तथा अन्य जिल्लाहरुमा माध्ये इटहरीमा ठुलो परिमाणमा पटाका प्रहरीले बरामद गरयो । जसमा पटाका कारोबार गर्ने केही व्यवसायीक व्यक्ति पक्राउ पनि परे ।

    इटहरी आफैमा ट्रान्जिट शहर हो, त्यस कारण पनि इटहरीमा प्रहरीले पटाका नियन्त्रणमा देखाएको सकृयताले पनि अन्य शहरमा पटाका चोरी तस्करीमा पनि कमी आएको प्रहरीको दाबी छ ।
    इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बिभिन्न शहरमा बिक्री गर्न लगिएका हजारौ प्याकेट बिभिन्न किसिमका पटाका बरामद गरियो । पूर्व क्षेत्रमा तिहारको समयमा पटाका नियन्त्रणमा प्रहरी पनि आक्रमक बन्यो ।

    त्यस कारण पनि सबै शहरमा प्रहरीले पटाका नियन्त्रणमा बिशेष अभियान चलायो । तर जति नियन्त्रण गरेपनि लुकाई छिपाई गरि ल्याइएका पटाका बजारमा पड्किन क्रम भने चलिरहेको छ । तर पहिलेको अनुपातमा यस बर्ष इटहरीमा भने पटाकाका आवाज काम सुनिने गरेको छ ।

    इलाका प्रहरी कार्यालय इटहरीले पनि अझै पनि पटाका लुकाई छिपाई बिक्री गर्ने पसलेहरुको खोजीलाई कडा बनाएको छ । जसमा केही पसले पनि प्रहरीको फन्दामा परेका छन ।

    प्रहरीले अहिले इटहरी चौकमा पड्किने पटाका नियन्त्रणमा पड्काउनेलाई नै पक्राउ गर्ने रणनिति बनाएको छ । जसमा डिएसपी नरेशराज सुवेदी आफै रातको अबेर सम्म इटहरी एरिया निरिक्षणमा निस्नछन । जता पटाका पड्किन्छ उता प्रहरीको टोली परिचालन गरेर भएपनि पटाका पड्काउनेलाई पक्राउ गर्ने सुवेदीको रणनिति छ ।

    शुक्रबार र शनिबार इटहरीबाट पटाका पड्काउने ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    पटाका आतिस बाजीका कारण आगलागीको जोखिम यो समय बढी हुने भएकाले पनि हामी पटाका नियन्त्रणमा अली बढी कडा भएका हौ डिएसपी सुवेदीले भने । सामान्य प्रकारका फुलजरी, झिरझिरे आदी जस्ता रमाइलोको लागी प्रयोग गर्न सकियो तर ठुला ठुला आवास दिने पटाका जोखिम हो ।

    कही कतै पटाकाको आवाज आउछ त्यतै प्रहरीको टोली परिचालन गरिएको छ उनले भने ।

    यस्तै इटहरीमा तिहारको समयमा आगलागीको जोखिम नियन्त्रण गर्न इटहरी उप–महानगरपालिकाको सबै दमकल तथा जनशक्ति तयारी अबस्थामा राखिएको छ । तिहारको समयमा पनि चोरी लुटपाटका घटना हुने गरेको भन्दै इटहरीका सबै क्षेत्रमा प्रहरीको टोली परिचालन गरिएको छ । पैदल गस्ती, मोबाईल गस्ती सगै सादा पोशाकका प्रहरी परिचालन गरि चाडपर्वको समयमा हुने अपराधिक कृयाकलाप नियन्त्रणमा प्रहरी सचेत रहेको डिएसपी सुवेदीले बताए ।

    यस्तै तिहारमा हुने देउसी भौलो खेल्ने समय १० बजे सम्म तोकिएको छ । देउसी भौलोकोे कारण झै–झगडा हुने गरेकाले पनि समयमै सभ्य रुपमा देउसी भौला खेल्न उनले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij