मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मुटुरोग शिविरमा एक हजार १०० को परीक्षण

  • प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७३



  • पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परीक्षण शिविरमा एक हजार १०० जनाको परीक्षण गरिएको छ ।

    दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा शनिबार आइतबार गरी दुई दिन सञ्चालित शिविरमा एक हजार १०० को परीक्षण गरिएको हो । धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको थियो ।

    पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० र दोस्रो दिनमा ५०० भन्दा बढीको परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरेको हो ।

    शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिए । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । परीक्षण गरिएका बिरामीमा चार जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने सात जनाभन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन् ।

    शिविर आयोजना गर्न एनआरएनका संयोजक कुल आचार्यले रु ७० हजार, लायन्सका कुश्मास्थित डिस्ट्रिक पदाधिकारीले रु ४० हजार र लायन्स डिस्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले रु २५ हजार सहयोग गरेका थिए ।
    शिविरमा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका विभिन्न स्थानका बिरामी सहभागी भएका थिए । उक्त टोलीले यसअघि फलेवास, तिलाहारलगायतका गाविसमा पनि शिविर सञ्चालन गरेको थियो ।

    सञ्जनलाई ह्विलचियर सहयोग
    पर्वत–८ माझँफाटका शारीरिक रुपमा अशक्त दिलबहादुर विक ‘सञ्जन’लाई आवतजावतमा सहजताका लागि ह्विलचियर सहयोग गरिएको छ ।

    आर्थिक अवस्था कमजोर भएकै कारण ह्विलचियरको अभावमा दैनिक कष्टकर जीवन बिताइरहेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि इन्डिपेन्सी लिभिङ सेन्टरले आधुनिक प्रविधिको आल्मुनियम ह्विलचियर उपलब्ध गराएको हो ।

    सेन्टरका प्रमुख भोजराज श्रेष्ठले करिब रु ७० हजार मूल्य बराबरको ह्विलचियर महिला अधिकारकर्मी जमुना आचार्यमार्फत उपलब्ध गराउनुभएको थियो । आइतबार मल्लाजमा एक कार्यक्रम गरी हिमसुसेली युवा क्लबले पीडितलाई हस्तान्तरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij