आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वास्थ्य परिक्षण बिनै निरोगीताको प्रमाणपत्र !

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • म्याग्दी । मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ ।

    मुस्ताङको पशु सेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।

    एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शूल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् ।

    पशु चिकित्सक नन्दलाल बर्माको हस्ताक्षर र छाप रहेको प्रमाणपत्र लिन प्रतिगोटा १५ रुपैयाका दरले पैसा तिरेका भेडाच्याङ्ग्रा ब्यवसायी पूर्णबहादुर सुवेदीले बताए । “भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण नगरीकन प्रमाणपत्र दिएका कर्मचारीलाई रसीद माग्दा उल्टै थर्काएर पठाए”सुवेदीले भने ।

    जोमसोममा नरेन्द्र रोकाबाट बागलुङका टेकबहादुर पुनले खरिद गरेर असोज १३ गते बेनी ल्याएको १७० वटा भेडाच्याङ्ग्राको निरोगिताको प्रमाणपत्रमा २०७३ असोज १५ गतेको मिति राखिएको छ ।

    एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पृष्टि भएको छ ।

    फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।

    ठूलो संख्यामा रहेका भेडाच्याङ्ग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । कर्मचारी उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरे ।

    मुस्ताङबाट स्वास्थ्य परिक्षण नगरी रोगी भेडाच्याङ्ग्रा निकासी गर्न दिईदाँ अन्य जिल्लामा रोग फैलने गरेको छ । मुस्ताङबाट आएका भेडाच्याङ्ग्राबाट म्याग्दीका कृषकले पालेका संयौ भेडा, बाख्रा, गाईभैसी, गोरुमा खोरेत र पिपीआर रोग फैलने गरेको छ ।

    ब्यायवसायीको गुनासो र उजुरी परेपछि छानविन भैरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रजिअ गणेशबहादुर अधिकारीले निरोगिताको प्रमाणपत्रको विषयमा गुनासो आएकाले छानवीन अघि बढाइएको बताए ।

    यस वर्षको दसै र तिहारका लागि मुस्ताङबाट बिस हजार भेडाच्याङ्ग्रा बाहिरीने अनुमान छ । यस वर्ष भेडाच्याङ्ग्राको खरिद मूल्य गत वर्षको तुलनामा प्रतिगोटा तिन हजार रुपैयाका दरले बढेको ब्यवसायी अमरबहादुर खत्रीले बताए । म्याग्दीमा प्रतिगोटा भेडा २२ र च्याङ्ग्रा २४ हजारका दरले बिक्री भैरहेको छ ।

    मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, काठमाडौ, चितवन लगायतका जिल्लामा भेडाच्याङ्ग्रा निकासी हुने गरेका छन् । हिमाली हावापानी र चिसो वातावरणमा हुर्कीएका भेडाच्याङ्ग्राको मासु स्वादीलो मानिने भएकाले दसै तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij